मंग्पूमा फूलपाती भव्य पालन गरिने - दिपक टोलको सडक मर्मती शुरु

प्रत्येक वर्ष झैँ यस वर्ष पनि फूलपाती सांस्कृतिक शोभा यात्रा समारोह उपसमिति मंग्पूको तत्वधानमा आगमी ३ अक्टोबरको दिन भव्यताको साथ मनाइने जानकारी संस्थाका सचिव विशोर कार्कीले दिएका छन् | त्यस दिन मंग्पू  बस स्ट्याण्डबाट शोभा यात्रा शुरु गरेर स्थानीय रविन्द्र भवन पुगी समापन हुने निश्चित भएको छ | उक्त शोभायात्रामा मंग्पूका विभिन्न संघ - संस्था लगायत शैक्षिक संस्थान एवम समाज द्वारा  कलश यात्रा तथा सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिने भएको छ | यस्तै गरि फूलपातीको शुभ अवसरमा मंग्पू  रविन्द्र स्मृति सदनमा विभिन्न विधालय , संघ - संस्था एवम लोक कलाकारहरुले सांस्कृतिक कार्यक्रम आदि मंचन गर्नेछन् |



दिपक टोलको सडक मर्मती शुरु :
मंग्पू/केशर मोक्तान : विगत १९९१ सालमा दागोपाप द्वारा निर्मित सरस्वाती उच्चतर माध्यमिक विधालय देखि दिपक प्राथमिक पाठशाला सम्मको गाडी सडक यति लामो समयसम्म पनि मर्मति नभएकोले अनि प्रतिवर्ष निरन्तर वर्षाको भेलले दुरावस्थामा पुगिसकेको थियो | यसले गर्दा यस भेकमा यान - वहानको चला - चल ठप्प प्राय : स्थितिमा पुगिसकेकोले यस इलाका का विरामीहरु, सौदापात ओसार पसार गर्ने , व्यवसायीवर्ग, विधार्थीवर्ग एवम पाठशाला नजिकै रहेको श्री हंस माता राजेश्वारी मन्दिरमा आऊ - जाउ गर्ने सन्त - महात्मा तथा भक्तजन सबैलाई ठुलो असुविधा झेल्न परिरहेको थियो | यस अवास्थामा गोजमुमो , मंग्पू  लाठ पन्चर  समष्टिका मुख्य संयोजक तथा केन्द्रिय संगाठनिक सचिवको ब्यक्तिगत प्रयाशमा गाडी, ढुंगा प्रदान गरेर यस क्षेत्रका बासिन्दाहरुलाई ठुलो गुण लगाएको छ | यसरी संयोजकबाट सहयोग प्राप्त भएपछि मानव उत्थान सेवा समिति स्वमसेवकवर्गको श्रमदान तथा रेशेप विभागको मजदुरवर्ग द्वारा उक्त बाटो मर्मति गरिएपछि अहिलेलाई सो मार्ग यान वहान गुड्न सक्ने अवस्थामा पुगेको छ | यसका साथै गोजमुमो मंग्पू  जोनको सत्प्रयाशमा निर्मला चौकदेखि दिपकटोल सम्मको बाटो  मर्मतिको निम्ति सम्बन्धित विभागका अभियन्ताहरुले नाप जोख पनि गरिसकेका छन् | वहाँको यस उदारताको निम्ति दिपक घर सुधार समितिका सम्पूर्ण सदश्यगण, मानव उत्थान सेवा समिति मंग्पू  शाखाका भक्तजन एवम स्थानीय सम्पूर्ण बासिन्दा संयोजक रतन थापा प्रति कृतज्ञता जनाउदछ |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.