कालेबुंग/डी० के० वाइबा :- भुइँचालो आयो गयो तर भुइँचालोको त्रास बाँकी नै छ | भुइँचालोले शहरलाई जति क्षति पुराएको खबरहरु अहिले आइरहेको छ त्यति नै बेखबर र सरकारी नोकरशाहीहरुको आँखी ओझेलमा परेका खबरहरु पनि छन् | " दशैँ आयो तर घडेरी सम्म छैन | भुइँचालोले घर पल्टियो बास बस्ने ठाउँ समेत छैन | राहत शिवीरमा कति दिन बस्नु ? राजनैतिक नेताहरु पनि आएका छैनन् हेर्न | पंचायतले एउटा पाल दिएको छ | अब त्यो पाल टाँगेर कति दिन बस्नु ? "- कालेबुंग शहर देखि लकभग ४५ कि० मी० दुरीमा अवस्थित मन्दिर गाउँका बासिन्दा भुवनसिंह ठकुरीले उक्त कुरा भनेका हुन् | बाटोको बुनियादी सुविधा समेत देख्न नपाएका गाउँलेहरु अहिले कसरी बाँचेका छन् भन्ने व्यथा केवल उनीहरुलाई मात्र थाहा छ | कालेबुंग महकुमा खण्ड २ गीत बियोंग ग्राम पंचायत अन्तर्गत पर्ने मन्दिर गाउँका मोठ १४ परिवार अहिले विस्थापित भएर राहत शिवीरमा बसिरहेका छन् | सुनखरी पत्रिका का संवाददाता, दैनन्दिनीका भिडियो रिपोर्टर मनोज राई, हाल खबरका तकनिकी सम्पादक उक्त ठाउँमा राहत सामग्री बोकेर पुग्दा नरुनेहरु कोही थिएनन् | " घर छैन कहाँ बस्नु ?" सबैले यसै भन्दै थिए | पत्रकारहरु राहत सामग्री बोकेर पुग्दा कुनै ठुलो सरकारी अधिकारी आए भनेर नामस्ते गर्दै गुनासो पोख्नेहरुको लामेतांत रहेको थियो |
क्षेत्रको परिभ्रमण गर्न पुगेको पत्रकार टोलीले ६ घण्टा भन्दा धेर पैदल यात्रा गर्नु परेको थियो | गाउँमा पुग्दा गाउँले हरु आफ्नो भत्केको घर छोडेर राहत शिवीरहरुमा जीवन गुजारी रहेका थिए | बजारमा दशैँको रौनकता छाइसके तापनि उक्त गाउँ भने समसान घाट जस्तै शुन्य रहेको थियो |" न त घर छ न नै कमाई खाने बारी नै छ " ठकुरीले अझ भने | यस्तो आपदको घडीमा पनि सरकारी नोकरशाहीहरु र बजारमा राजनैतिक भाषण छाट्ने नेताहरु उक्त गाउँमा आस्वाशन मात्र दिन समेत नपुग्नु कतिको दुखपूर्ण हो भन्ने व्यथा पनि उनै पिडितहरुको मनमा नै रहेको छ | क्षेत्रको जानकारी लिन पुग्दा भुइँचालोले व्यवस्थित भएको व्यथा त छदैछ उनीहरुको मनमा तर त्यो भन्दा दुखको कुरा भने क्षेत्रका विधार्थीहरुको भविष्य नै अनिश्चित बन्न पुगेको छ | पुजा ठकुरी , कमल ठकुरी, संगीता ठकुरी, सुजाता ठकुरी, शान्ति ठकुरी आदि हाल कुमुदिनी विधाश्राम, कन्या पाठशाला, प्रणामी बालिका विधा मन्दिर, कालेबुंग महा विधालयमा अध्यानरत रहेका छन् |
ती विधार्थीहरु हाल आफ्नो परिवार नै विस्थापित भएपछि आफ्नो अनिश्चित भविष्य लिएर खुबै चिन्तित छन् | " स्कूलमा युनिट टेस्ट चलिरहेको छ , तर यता बस्ने घर नै भत्केको छ | कमाएर ल्याउने आमा बाबाहरु नै अहिले बेघर बनेपछि पदन सकिन्छ के भन्ने प्रश्न पनि छ | अर्को तिर आफूहरु आफ्नो पडाइ जारी राख्न चाहेको बताए पनि घरको अवस्थाले भने साह्रै पिरोलेको पुजा ठकुरीले भनिन् | आफूहरुलाई त्राण सामग्री दिनेहरु प्रति आभार व्यक्त गर्दै आफुहरुको अनिश्चित भविष्यलाई सुनिश्चित पर्न सबैले सहयोग गरिदिने सिलिगुडीमा फाइनेन्सियल म्यानेजमेन्ट गर्दै गरेकी सुजाता ठकुरीले भनिन् |
अर्कोतिर शंखे गाउँको व्यथा पनि सोही किसिमको रहेको छ | बस्ने घरहरु भत्केर गाउँलेहरु शिवीरमा बसिरहेका छन् भने अझ सम्म गाउँको परिभ्रमणमा कोही नआएको गुनासो पनि उनीहरुको रहेको छ | क्षेत्रको परिभ्रमण र जानकारी लिदै अघि बढेका टोली कालेबुंग महकुमा , खण्ड ३ अन्तर्गत पर्ने लुंगसेल , मालुटार, झन्डी डाँडा, माङजीङ , दरिङ , ज्यांगेबारी, रम्बी , आपाते आदि स्थानमा पुग्दा भुइँचालोले क्षतिग्रस्त परेको घरहरुमा कोही पनि थिएनन् | उक्त गाउँहरुका मोठ १ सय ५५ घरहरु भुइँचालोको कारण क्षति ग्रस्त बन्न पुगेको छ | ती गाउँका विधार्थीहरु हाल कालेबुंगका विभिन्न विधालयहरु लगायत माल बजार महा विधालयमा अध्यनरत रहेका छन् भने उनीहरु पनि आफ्नो भविष्य प्रति खुबै चिन्तित रहेका छन् | गाडी कुद्ने बाटो र बिजुली बत्ती अनि स्वास्थ्य केन्द्र समेतको सुविधा नभएको गाउँलेहरु भुइचालोले विस्थापित भएपछि कसरी बाचिरहेका होलान् भन्ने व्यथा उनीहरुको आँखाबाट झर्ने आँशुले नै बताउँन् | भुइँचालोको कारण आफ्नो सुँगुरको ५ वटा बच्चाहरु मरेको तर पंचायतबाट समेत जानकारी लिन नआएको दरिंग निवासी रोजी लेप्चाको गुनासो रहेको छ | उस्तै समस्या र गुनासोहरु बोकेर बाँचेका छन् ७६ वर्षीय वृद रन बहादुर पनि | " घर त भत्कियो नै तर पंचायतले तारपोलिन सम्म दिएको छैन " मालुटार निवासी नेत्र बहादुर तामांगले भने | अर्कोतिर लुंगसेल निवासी माया तामांगले हाल आफुहरु विपदमा परेको समयमा राजनैतिक नेताहरु नआएकोमा आक्रोश व्यक्त गर्दै हामीले भोट दिएर जिताएका राजनैतिक नेताहरु आज किन जनताको अवस्था हेर्न आउंदैनन् भने |
Post a Comment
We love to hear from you! What's on your mind?