लाठ पन्चर अनि लोवर सिटोङमा सांस्कृतिक कार्यक्रमको तयारी - स्वनिर्भर दलको सामाजिक कार्य

सिटोङ/१ अक्टोबर/चन्द्रमान : फूलपातीको बिशेष महत्वलाई ध्यानमा राख्दै सांस्कृतिक कार्यहरुको साथमा फूलपाती शोभा- यात्रा निकाल्ने तयारी विभिन्न संघ - संस्थाहरुले गरिरहेका छन् | यहाँको लाठ पन्चर सांस्कृतिक संरक्षण मंचद्वारा प्रत्येक वर्ष आयोजन गरिने किसिमले यस चोटि पनि विभिन्न जातीय साज - बाज, सांस्कृतिक रंगारंग कार्यक्रमहरु पनि प्रस्तुत गरेर बडा दशैँलाई स्वागत गरिने कार्यक्रमको तयारी भैरहेको सांस्कृतिक संरक्षण मंचको पक्षबाट विरान चामलिंगले जनाएका छन् | लाठ पन्चरमा केही दिन अघि मात्र बडा दशैँलाई स्वागत जनाउदै साथै क्षेत्रबासीहरुलाई मनोरन्जन गराउन हेतु दार्जीलिंग कार्निवल ग्रुपलाई ल्याएर रंगारंग कार्यक्रम गरिने कार्य लाठ पन्चर खेलकूद समितिले गरिसकेको छ | यता लोवर सिटोंङ अमर ज्योति ग्राम सुधार समिति द्वारा पनि फूलपातीको कार्यक्रम गरिने भएको छ | विभिन्न जातीय सांस्कृतिक झाँकी साथै स्थानीय छलम बोंग जन मैदानमा स्थानीय कलाकारहरु द्वारा रंगारंग कार्यक्रमहरु प्रस्तुत गर्ने छन् जसको निम्ति समिति द्वारा कार्यक्रमको तयारी गरिरहेको समितिका संयोजक मोहन गुरुङले बताए |




स्वनिर्भर दलको सामाजिक कार्य :
स्वनिर्भर समुहको विकाश संग संगै सामाजिक सेवा मुलक कार्यप्रति पनि उत्ति नै ध्यान दिदै   लोवर सिटोङको अप्पर डायरी गाउँ स्वनिर्भर समुहले स्थानीय बाटो - घाटोलाई मर्मति साथै सर - सफाई गरिने कार्य गर्यो | डल नेत्री एस्तर लेप्चाको अगुवाईमा १० जना सदश्यहरुले रयाङ खोला औ बोङ खोलाको दोभान नजिक देखि अप्पर डायरी गाउँ स्थित बिग बजार सम्म लगभग डेड् कि० मी० बाटोलाई सर सफाई साथै मर्मति गरिने कार्य गरे | यसबारे जानकारी गराउदै  दल नेत्री लेप्चाले आगमी दिनहरुमा पनि दलले सामाजिक कार्यलाई निरन्तरता दिने बताइन् |
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.