मुख्यमन्त्री ममता बेनर्जीले करोडौं रुपियाँको योजनाहरुको घोषणा गरेर फेरि एकपल्ट पहाडवासीहरुको मन जित्ने प्रयास गरेकी छन्

कालेबुङबाट प्रदीप लोहागुणको रिपोर्ट:- पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले दार्जीलिङ पहाडको निम्ति करोडौं रुपियाँको योजनाहरुको घोषणा गरेर फेरि एकपल्ट पहाडवासीहरुको मन जित्ने प्रयास गरेकी छन्। राज्यको मुख्यमंत्रीको बागडोर सम्हाले पछि पहिलोपल्ट पहाड आएकी मुख्यमंत्री ममता बेनर्जीले मंगलबार दार्जीलिङबाट पहाडको विकासको निम्ति विभिन्न योजनाहरुको घोषणा गरेकी छन्। मंगलबार दार्जीलिङको चौरस्तामा सम्पन्न एउटा औपचारिक कार्यक्रममा मुख्यमंत्रीले कतिपय महत्वपूर्ण योजनाहरुको शिलान्यास पनि गरिन्। सोमबार मिरिक हुदैँ दार्जीलिङ चढेकी मुख्यमंत्री ममता बेनर्जीको स्वागत र अभिनन्दनमा मोर्चाले अभूतपूर्व उत्साह देखाएको थियो। राज्यकी मुख्यमंत्रीबाट करोडौं रुपियाँको कोशेली पाएर मोर्चा नेतृत्व पनि उत्साहित बनेको छ। मंगलबार चौरस्तामा सम्पन्न उदघाटन समारोहमा मुख्यमंत्री ममता बेनर्जी, केन्द्रीय रेलमंत्री दिनेश त्रिवेदी, राज्यका मंत्री गौतम घोषलगायत मोर्चा अध्यक्ष बिमल गुरुङ, महासचिव रोशन गिरीसहित अन्य नेताहरु उपस्थित थिए। मुख्यमंत्रीले मंगलबार घोषणा गरेका योजनाहरुमध्ये 6 वटा बृहत रेल परियोजना, 10 करोडको लागतमा चौरस्ताको मालरोडको सुन्दरीकरण, सडक र आवासको मरमम्ती अनि पेयजल आपूर्तीको लागि 40 करोड, लेबोङ स्टेडीयमको पुनर्निमाणको निम्ति 3 करोड, नयाँ प्राथमिक अनि उच्च माध्मिक विद्यालयहरुको निर्माण, रबिन्द्रनाथ अनि भानुभंतको नाममा अनुसन्धान केन्द्रहरुको स्थापना प्रमुख छन्। यस अतिरिक्त उनले भुइँचालोले क्षतिग्रस्त कालेबुङका दुइवटा विद्यालयहरु कन्या उच्चतर विद्यालय र डा ग्राह्मस होम्सलाई मुख्यमन्त्री राहत कोषबाट 50-50 लाख रु-को आर्थिक सहयोग अनि दशवटा क्लबहरुलाई 20 लाख रु गरेर प्रदान गर्ने घोषणा गरेकी छन्।उनले यस दिन 6 वटा परियोजनाहरुको शिलान्यास पनि गरिन्। यता, दार्जीलिङ पहाडको पूर्वाधार निर्माणको निम्ति मुख्यमंत्रीले देखाएको आर्थिक उदारतासँग मोर्चा नेतृत्व पनि खुशी बनेको छ। मोर्चा प्रमुख बिमल गुरुङले यस अवसरमा ज़ीटीए अस्तित्वमा आएपछि यसलाई ब्यवस्थित अनि पारदर्शी ढंगले सञ्चालन गर्ने मुख्यमंत्रीलाई भचन दिएका छ्न।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.