"पलैंटी संगीत सम्मोहन "-सम्पन्न

मंग्पू  सांगीतिक कला एकाईको प्रयाशमा रविन्द्र श्रमिक कल्याण केन्द्रमा पुराना संगीत बिर्सिएका अतित " संगीत सम्मोहन कार्यक्रम प्रमुख अतिथि निर्देशक डा० जी० सी० सुब्बा सिन्कोना एवम अन्य पौदा तथा मंग्पू  लाठ पन्चर समस्टी तथा केन्द्रिय संगठानिक सचिव गोजमुमो रतन थापाका अतिथित्वमा कार्यक्रम सम्पन्न भयो | एकाईका प्रमुख संरक्षक डा० जी० सी० सुब्बाको दीप जलनबाट  शुरु गरिएको कार्यक्रममा एकाईका सचिव मनोज थापा " एकलकाँटे " र अनित खाती सदश्य ले संचालन गरेका थिए | कार्यक्रममा अतित बल्झाउने पुराना गीतहरु प्रस्तुत गरेका थिए | मंग्पूका १७ जना गायकहरु क्रमैले राजेन आले, सुरेन थापा, शिशिर गहतराज,पदम बराइली, मणि राई, सुनिता गुरुङ, अनुप गुरुङ, हेमा राई, बेनु बोम्जन, कविता शर्मा, सुरेन पाख्रीन आदिले सुमधुर मर्मस्पर्शी  पुराना गीतहरु प्रस्तुत गरे | एकाईका वाध्य वाधकहरु अकबर राई, अमर ज्योति राई, राजा तामांग, पुरन पाख्रीन,अकल गुरुङ,बसन्त खाती तथा अन्य थिए |  
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.