केही दिनभित्र नै तेलंगना राज्य गठन हुने दाबी गर्दै गोर्खाल्याण्ड गठनको निम्ति पहाडका विपक्षी पार्टीहरु एउटै मंचमा उभिने संकेत -प्रताप खाती

कालेबुंग/१२ अक्टोबर/डी० के० वाइबा - छुट्टै  राज्य गोर्खाल्याण्ड गठनको आवाजलाई जोड दिंदै पहाडका विपक्षी पार्टीहरु एउटै मंचमा उभिने संकेत गोर्खालीग पार्टिका नेता प्रताप खातीले दिएका छन् | तिनले आज पत्रकारहरुलाई सम्बोधन गर्दै अब पहाडका राजनैतिक दलहरु एक भएर गोर्खाल्याण्डको आवाजलाई अघि बढाउने मन्तव्य जाहेर गरे | तिनले अब केही दिनभित्र नै तेलंगना  राज्य गठन हुने दाबी गर्दै तेलंगना राज्य गठन हुँदा गोर्खाल्याण्ड राज्य पनि गठन हुनपर्ने बताए | खातीले गोर्खाल्याण्ड राज्य गठनको निम्ति अब सम्पूर्ण पहाडका राजनैतिक पार्टीहरु एक भएर सामुहिक रुपले आन्दोलनलाई अघि बढाउने जानकारी दिए | सरकारलाई छुट्टै राज्य गोर्खाल्याण्ड गठनको निम्ति अब सामुहिक आन्दोलन गरेर दबाउ दिने रणनीति तयार गर्ने पनि तिनले जनाए | तिनले यसै अवधि छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई दबाउन बंगाल सरकारले षड्यन्त्र रचेर गोजमुमो पार्टीलाई प्रोत्साहन दिएको पनि आरोप लगाए |
अर्कोतिर मदन तामांग गोर्खाल्याण्ड राज्य निर्माणको निम्ति इमान्दार नेता रहेको दाबी गर्दै तिनको हत्याराहरुलाई बचाउन मोर्चाले जीटीए मा सम्झौता गरेको पनि खातीले आरोप लगाए | हाल मदन तामांग हत्याराहरुको प्रमाण मुख्य मन्त्री ममता ब्यनार्जी संग फोन टयापिङ समेत रहेको दाबी गर्दै उक्त फोन टयापिङको प्रमाण यथासिग्रह सीबीआई लाई सुम्पिनु पर्ने पनि तिनले दाबी गरे | तिनले मोर्चाले पैसामा मुद्दा बिक्री गरेको आरोप लगाउँदै गोर्खाल्याण्डको मुद्दा पैसामा बिक्री गरेर कहिले नसकिने पनि दाबी गरे |
अर्कोतिर मदन तामांगले गोजमुमोले गोर्खाल्याण्ड ल्याउन नसक्ने अगावै भविष्यवाणी समेत गरेको दाबी गर्दै बंगाल सरकारले मदन तामांगको बिरुद्ध काउन्टर लिडरसिप जन्माएको पनि खातीले दाबी गरे | तिनले अब चाडै तेलंगना राज्य गठन हुने दाबी गर्दै तेलंगना गठन हुदा गोर्खाल्याण्ड पनि छुट्न नदिन नै अब पहाडका राजनैतिक दलहरु एउटै मन्चमा उभिने संकेत दिए | 
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.