
समस्त दार्जीलिंग पहाडको विविध परिकल्पना, विकाश मुलक गुच्छहरु साथ दार्जीलिंग चौरस्तामा सम्पन्न सांस्कृतिक कार्यक्रममा उपस्थित तथा घोषणा पश्चात मुख्य मन्त्री ममता ब्यनार्जी राति मंग्पू रविन्द्र संग्राहलयमा उपस्थित भइ रविन्द्रनाथको प्रतिमामा श्रद्धापूर्ण सयपत्री माला अर्पण गरेपछि मंग्पूको गोजमुमो पार्टी प्रतिनिधि,मंग्पू -लाठ पन्चर समस्ठी तथा केन्द्रिय सांगठनिक सचिव रतन थापा, निर्देशक जी० सी० सुब्बा सिन्कोना बगान,रविन्द्र स्मृति संरक्षणका प्रतिनिधिगण विशेष रुपमा उपस्थित थिए | मुख्य मन्त्रीको मंग्पू भूमिमा प्रथम पाइला चालेको गौरवमय दिनमा रविन्द्र नाथ ठाकुर स्मृति संग्राहलयको आफू सयमले देखरेख गर्ने साथै अझ स्यार सुसार हुनेछ भन्ने वचन गरेपछि सम्पूर्ण मंग्पूका साहित्य परिषदका प्रतिनिधिगण,दिल्ली अकादमी पुरस्कार प्राप्त मोहन ठकुरी, कवि उदय थुलुंग आदि बिशेष रुपमा साहित्यिक समुहलाई मुख्य मन्त्रीको स्वागतार्थ उपस्थित हुदा अधिक खुशी थिए | बिगत महिनामा राइटर्समा घोषणा गरेकी ममता ब्यनार्जीले नेपाली अकादमी पुन: मंग्पू अवस्थित रविन्द्र संग्राहलयलाई रविन्द्रनाथ ठाकुर अनि भानु भक्तको स्मृतिमा स्थापित गरिने योजनाको निम्ति जमीनहरुको विवरण पनि डा० जी० सी० सुब्बाबाट लिएकोले अझ खुशीको समाचार बनेको छ |
ज्ञात रहोस - मंग्पू स्थित विश्व कवि गुरु रविन्द्रनाथ संग्राहलयलाई विभिन्न असुविधालाई समाधानार्थ ठुला ठुला व्यक्तिहरुले दिएको बचन कहिले पुरा भएको छैन | रविन्द्रनाथकृत सृजनात्मक कविता,चित्र हरु क्रमश: बिग्रिँदै गैरहेको छ जो उचित संरक्षण नभए बिलुप्त हुने सम्भावना छ भने ठुला ठुला पदाधिकारीगण को बचनहरु अनुसार बिजुली बत्तीको जडान सर्वाह शब्दहरु मै सिमित रहेको छ | मन्त्रीको घोषणाले साच्चै यथासिग्रह कार्यरुपमा परिणत हुनेछ भन्ने उक्त भ्रमणले सम्पूर्ण नेपाली/गोर्खालीको नेपाली भाषाको मान्यता पछि यस नेपाली अकादमीले साच्चै रविन्द्र संग्राहलयको/मंग्पूको उन्नति तथा विकाश भएर जानेछ भन्ने चर्चा बनेको छ |
यसै अवधि मंग्पू कुइनाइन फ्याक्ट्री भ्रमण नगरिएकोमा दुख पनि छाएको छ कहिँ कतै भने मन्त्रीको पुन: मंग्पू आउने बचनले जर्जित,बन्द कुइलाइन कारखानाको उद्धार हुनेछ भन्ने आशा साचेका छन् मंग्पू एवम सिन्कोना बासी |
Post a Comment