मुख्यमन्त्रीले मंग्पू सिन्कोना कारखाना भ्रमण नगरेकोमा सिन्कोनाबासी निराश

केशर मोक्तान : राज्यका मुख्यमन्त्री ममता ब्यनार्जीले मुख्यमन्त्रीको पदभार सम्हालेपछि पहिलो चोटि दार्जीलिंग अनि डुवर्सको परिभ्रमण गरेर कोलकाता फर्किन् | पहाड अनि डुवर्सको निम्ति मुख्यमन्त्रीले एक गुच्छ विकाशमुलक योजनाहरु घोषणा गरिन् | यसै क्रममा मुख्यमन्त्रीले मंग्पूमा पनि मुख्य टुरिजमको लक्ष्य राख्दै मंग्पू मा अवस्थित कवि गुरु रविन्द्रनाथ ठाकुरको संग्राहलयलाई केन्द्र गर्दै यहाँ रविन्द्रनाथ ठाकुर अनि आदि कवि भानुभक्त आचार्यको नाममा रिसर्च सेन्टर एवम नेपाली एकडमी खोल्ने घोषणा गरिन |
दिदीको आपतकालीन क्षणिक मंग्पू  भ्रमणले समग्र मंग्पूबासीमा खुशीको लहर छाएको छ | मुख्यमन्त्रीको अमुल्य समयको अवधि भ्रमण तथा घोषणाले साच्चै यथासिग्रह कार्यरुपमा परिणत हुनेछ भनि स्थानीय बासिन्दाहरुले आशा साचेको छ | ज्ञात रहोस मंग्पू  स्थित रविन्द्र संग्राहलयलाई राम्रो बनाइदिने आश्वासन थुप्रै मन्त्रीहरुले दिदै भएता पनि अहिले सम्म कसैको बचनहरु पुरा भएको छैन | संग्राहलयमा रविन्द्रनाथकृत सृजनात्मक कविता चित्रहरु क्रमश: बिग्रिँदै गैरहेको छ जो उचित संरक्षण नभए विलुप्त हुने सम्भावना धेर रहेको छ | केही महिना अघि उतर बंगालका विकाशमन्त्री गौतम देवले एक हप्ता भित्रमा रविन्द्र संग्राहलयमा विधुत जडान गरिदिने घोषणा गरेता पनि सो कार्य आज सम्म पुरा हुन सकेको छैन | फलत मुख्यमन्त्री ममता ब्यनार्जीले जेनेटर बत्तीको प्रकाशमा नै रविन्द्रनाथ संग्राहलयको परिभ्रमण तथा कवि गुरुको प्रतिमामा माल्यार्पण गरिन | दिदीको क्षणिक भ्रमण पछि कतै यस संग्राहलयको रुप रंग बदलिन सक्छ कि तथा हालसम्म अन्धकारमय अवस्थामा रहेको उक्त संग्राहलयमा झट्टै विधुत जडान हुन्छ कि भन्ने मंग्पूबासीले आशा साचेको छ | मुख्यमन्त्री ममता ब्यनार्जीले मंग्पू भ्रमणमा संग्राहलय देखि दश कदम टाडोमा रहेको पहाडको दोश्रो बृहत एकमात्र सरकारी उद्योग सिन्कोना कारखानालाई एक नजरले पनि नहेरेकोमा  स्थानीय बगानबासीले दुख प्रकट गरेका छन् | मन्त्रीले पहाड अनि डुवर्सको भ्रमण कार्यक्रम मात्र रहेकोले अनि मंग्पू भएर फर्किने अचानक कार्यक्रम रहेको हुँदा मात्र कवि गुरुको संग्राहलयमा क्षणिक दर्शन गर्न आएको बताउदै चाडै नै फेरि मंग्पू  आउने बचन गरिन | दोश्रो चोटि मंग्पू  आउँदा निश्चय नै बन्द मंग्पू  कुइलेन कारखानाको भ्रमण गरि पुन: उद्धार गर्नेछिन भन्ने समुर्ण सिन्कोनाबासी  आशा साचेका छन् |
Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.