मुख्यमन्त्रीले हावा मिठाई बाँडदैछन् - तारा सुन्दाश

कालेबुंग/डी० के० वाइबा :  " दार्जीलिंगमा विकाशका अनेकौ प्याकेज  घोषणा गर्ने बंगालका मुख्यमन्त्री ममता ब्यानर्जीले कालेबुंगका लागी खोई विकाशका योजना घोषणा गरेको ? कालेबुंगका जनताको समस्या के समस्या होइनन् ? विकाश हुनपर्छ तर सबैतिर समान रुपले हुन्पर्छ | दार्जीलिंगमा विकाशका अनेकौ परिकल्पनाहरु उद्घाटन गर्दा कालेबुंगलाई किन अवहेलना गरियो ? कालेबुंगका समस्या बोध गर्नुपर्छ ममता ब्यनार्जीले " - उक्त कुरा माकपा नेता तारा सुन्दाशले आज पत्रकार सम्मेलन डाकेर भनेका हुन् | दार्जीलिंगमा अनेकौ परियोजनाहरु मुख्यमन्त्री ममता ब्यनार्जीले हाई टेक प्रणाली द्वारा उद्घाटन गरेपछि कालेबुंग महाकुमाको निम्ति खासै कुनै विकाशका प्याकेजहरु  घोषणा नगरेकोमा सुन्दाशले असन्तुस्टी जाहेर गरेका छन् | तिनले कालेबुंगलाई अवहेलना गरेको आरोप लगाउँदै दार्जीलिंगमा विकाशको प्याकेज घोषणा गर्न आउँदा कालेबुंगका विधायक बजेट लिएर गएको आरोप पनि लगाए | " कालेबुंग महकुमा भरि १ लाख ८२ हजार भन्दा धेर जनसंख्या छ | यत्रो जनसंख्या भएको क्षेत्रको समस्या किन बुझ्दैनन मुख्य मन्त्रीले ? " - तारा सुन्दाशले प्रश्न तेर्साए| सुन्दासले पहिले नै ममता ब्यानर्जीले रेल मन्त्री हुँदा अनेकौं परियोजनाहरु घोषणा गरेको तर आजसम्म ती घोषणाहरु कार्यरुपमा परिणत नभएको बताउँदै यस पल्ट गरिएको घोषणाहरु पनि फोस्रो आस्वाशन मात्र हुन् भनि बताए | " मुख्यमन्त्रीले पहाडका मानिसहरुलाई हावा मिठाई मात्र खुवाउँदैछन् | रेल मन्त्री हुँदा दार्जीलिंगमा रेल्वे विभागमा भर्ना हुने केन्द्र खोल्छु भन्यो तर पुरा भएन | आज सिलिगुडीमा खोल्छु भन्दैछन् | यो सबै जनता ढाट्ने कुरा हो " - अझ भने | ममता ब्यनार्जीले राजमार्ग ३१ ए को व्यवस्थित पर्ने दिशामा कुनै कुरा नगरेको बताउँदै  लालगडमा त्यस क्षेत्रका युवाहरुलाई सिधै एन० डी० एफ० मा भर्ना गर्ने तथा होम गार्डमा भर्ना गर्ने पहल गरिरहेको तर यता जीएलपी समेतलाई सिधै होम गार्डमा भर्ना गर्छु भनेर किन घोषणा गरेनन् भनि सुन्दासले प्रश्न गरेका छन् | वास्तवमा तिनले सबै जनतालाई ढाँटेको आरोप लगाउँदै आज कालेबुंगमा पानीको हाहाकार हुँदा मन्त्रीले किन समस्या सम्झेनन्  भन्ने प्रश्न गरे | मुख्यमन्त्रीले टिस्टा काटेपछि सबै बिर्सने बताउँदै यहाँको समस्या बारे सांसद र विधायकहरुले बुझाएर विकाशका परिकल्पनाहरु तयार पार्नु पर्ने  पनि तारा सुन्दाशले बताए | मुख्य मन्त्रीको घोषणा केवल राजनैतिक भाषण मात्र रहेको तर व्यवहारिक भने नहुने पनि सुन्दासले बताउँदै  यदि  व्यवहारिक रुपले कार्य गर्छु भन्छ भने पहाडमा एड्स जस्ता घातक रोगहरुले ग्रस्त ४ सय ७० जना मानिसहरु विरामी जाँच गर्ने मशिन ल्याएर  देखाऊ भन्ने चुनौती समेत दिए | पहिले माकपाको सरकार सत्तामा हुँदा क्याबिनेटले ३ हजार ४ सय ७२ जना अस्थायी कर्मचारीहरुलाई स्थायी गर्ने नोटिफिकेसन जारी गरेको अनि अन्यलाई पछिबाट गर्ने घोषणा गरेको दाबी गर्दै खोइ आजका सरकारले गरेको भनी प्रश्न गरे | आज कतिपय स्वार्थी नेताहरुले सम्पूर्ण जनताको भविष्य माथि खेलवाड गरेको आरोप लगाउँदै ममताले पनि ढाँटको राजनीति गरेको माकपा नेताले बताए | 
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.