कालेबुंग फूड एण्ड सप्लाई कार्यलयमा पत्रकारहरुको अचानक छापामारी भेटिएन कर्मचारी समयमा

कालेबुंग/डी० के० वाइबा - सरकारी कार्यलयहरुमा कर्मचारीहरुको समयमा उपस्थिति नहुँदा मानिसहरुले दैनोदिन समस्याहरु भोग्न परिरहेको छ | बिहान १० बजे कर्मचारीहरु आ- आफ्नो कार्यलयहरुमा पुग्नु पर्ने सरकारी नियम भएतापनि सरकारी कर्मचारीहरु कुन कुन कार्यलय सही समयमा पुग्ने गरेका छन्  भन्न सकिंदैन | तर आज यहाँको फूड एण्ड सप्लाई कार्यलयमा पत्रकारहरु साढे एघार बजे पुग्दा पनि अधिकतर कर्मचारीहरुको चौकी भने रित्तो रहेको थियो | मानिसहरु आ- आफ्नो समस्याहरु लिएर कार्यलयमा पुग्दा कर्मचारी नभएपछि घण्टौ सम्म पर्खेर बस्न बाध्य बनेका छन् | यस सम्बन्धि खाद्य निरीक्षक ध्रुव बराइलीसित जान्न खोज्दा राशन कार्ड बनिने विभागका कर्मचारीहरु टाडोबाट आउने गरेको कारण कार्यलयमा सही समयमा उपस्थित नभएको स्वीकार गरे | यधपि कर्मचारीहरु कार्यलयमा केही समय ढिलो आएतापनि कार्य भने निष्ठापुर्वक गरिरहेको दाबी तिनले गरे | विगतका दिनहरुमा कर्मचारीहरु कार्यलयमा अत्यन्तै अनुपस्थित रहने गरेको तर तर राज्यमा ममता ब्यानर्जीले सत्ता सम्हाले पछि  आफ्नो कार्यलयका कर्मचारीहरु पनि सही रुपले उपस्थित हुने गरेको पनि   तिनले जनाए | अर्कोतिर कार्यलयमा कर्मचारीहरुको दैनिक हाजिरी खाता समेत जाच्ने कार्य गरेको पनि तिनले जनाए |

स्मरण रहोस बंगालमा बामफ्रन्ट सरकारलाई सत्ताच्यूत गरेर त्रिनमुल नेत्री ममता ब्यानर्जीले सत्ता सम्हालेपछि सरकारी कर्मचारीहरुलाई कार्यलयमा सही रुपले उपस्थित हुने निर्देश दिएका थिए | मुख्य मन्त्री ममता ब्यानर्जीले दिएको निर्देश दार्जीलिंग पहाडमा कतिसम्म कार्वन्य भएको छ त्यो सायदै दैनिक कार्यलय धाउने मानिसहरुलाई मात्र थाहा होला | यता मानिसहरु एउटा कागजपत्र बनाउन जाँदा कर्मचारीहरुको समयमा उपस्थित नभएको कारण एकाधिक पल्ट कार्यलय धाउँन परेको पिडित एक महिलाले आफ्नो नाम नबताउने सर्तमा भन्यो | तिनले यस्ता ढिलो आउने कर्मचारीहरु प्रति विभागले उचित कारवाही गर्नुपर्ने पनि माँग राखेका छन् |
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.