सिन्कोना बगान निर्देशकको कार्यकाल केवल दश दिन बाँकी- बगानबासीले गर्यो एक्सटेन्सनको माग

३ सेप्टेम्बर २००८ सालमा सिन्कोना बगानमा निर्देशकको पदमा नियुक्ति भएर आएका मंग्पूका भूमिपुत्र निर्देशक डा० ज्ञानचन्द्र सुब्बाको कार्यकाल अवधि आगमी ३१ अक्टोबर २०११ सम्म मात्र रहेको थाहा लागेको छ | फलत: बगान निर्देशकको कार्यकाल अवधि सरकारी सिन्कोना बगान निर्देशकको पदमा केवल दश दिन मात्र बाँकी रहेको छ | स्मरण रहोस सिन्कोना बगान निर्देशकको पदमा डा० जी० सी० सुब्बाले पदभार सम्हालेर आएपछि बगानमा धेरैवटा बिकाशमुलक कार्यहरु हुँदै आइरहेको स्थानीय बगान श्रमिक कर्मचारीबर्गको भनाइ छ | उनले निर्देशक आसिनमा पदभार सम्हालेर मंग्पू , रोंगो,मन्सोंग अनि लाठ- पन्चर सिन्कोना बगानमा धेरैवटा बिकाशमुलक कार्यहरु साथै बगानमा धेरै सुधार ल्याएको बगान श्रमिकहरुको भनाई छ | यसै गरि निर्देशक सुब्बाको कार्यकाल अवधि भरि बगानमा गरिरहेको थुप्रै कार्यहरु थाँतीमा रहेको कारण पनि बगान श्रमिक कर्मचारीबर्गले उनको कार्यकाल अवधि सरकारले बद्दोतरी गरिदिन पर्छ भन्ने माग गरेको छ | उनी भन्दा अघि आएको सिन्कोना बगान निर्देशकले बगानमा यति धेरै बिकाश नगरेको बगान श्रमिकहरुको गुनासो छ | डा० सुब्बा निर्देशक पदमा हुन अघि यहाँ धेरै वर्ष सम्म कोही पनि बगान निर्देशक पदमा नियुक्ति नहुँदा बगानको अवस्था एकदमै बिग्रेर गएको थियो भने उनले निर्देशक पद सम्हालेर आएपछि बगानमा धेरै सुधार भएको ठान्छन्  बगानबासी | त्यति मात्र नभएर  डा० सुब्बा भन्दा अघि सिन्कोना बगानको निर्देशकको पदभार दार्जीलिंगका जिल्लापाल अनि अतिरिक्त जिल्लापालले देखरेख गरिएको समय पनि बगान श्रमिकवर्गले धेरै समस्या झेल्न परेको बगान श्रमिकको भनाई छ | यसर्थ यी सम्पूर्ण समस्याहरुलाई मध्य नजर गरेर बगान श्रमिकवर्गले अहिले भूमिपुत्र निर्देशक डा० सुब्बाको कार्यकाल अवधि बद्दोतरी हुन पर्ने सरकार समक्ष माग गरेको छ | बिशेष केही महिना अघि नर्थ बंगाल बिकाश मन्त्री गौतम देव मंग्पू  रविन्द्र संग्राहलयमा आएको समय उनले हालमा सिन्कोना बगानको कतिवटा बिकाशको कार्यहरु भैरहेको कारण अनि बगान सुधार आइरहेकोले पनि फिलहाल केही समय सम्मको निम्ति निर्देशक डा०  सुब्बाको पदभार बढोत्तरी गर्ने आश्वासन दिएका थिए | उनले राज्यका मुख्यमन्त्री ममता ब्यानर्जीसित निर्देशकको पदभार एक्सटेन्सन बिषयमा कुराकानी गर्ने सम्बन्धमा पहल गर्ने पत्रकारहरुलाई बताएका थिए | तर आजसम्म पनि सो विषयमा सरकारबाट कुनै पनि अधिकारिक सुचना नआएको थाहा लागेको छ | यस विषयमा सिन्कोना बगान निर्देशक डा० सुब्बासित बुज्न चाहदा हालसम्म सरकारबाट कुनै पनि सुचना नआएको थाहा लागेको छ | उनको कार्यकाल अवधि बढाए आफूले सरकारको आदेशलाई पालन गर्दै सहज स्वीकार गर्ने कुरो निर्देशकले बताए |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.