चुनाव प्राथमिक होइन पहिला राहत दिनुपर्छ – डा हर्कबहादुर


कालेबुङ २४ अक्टोबर : डी के वाइबा

भुँइचालोको पिडाबाट राम्रो संग छुट्न नपाई दार्जीलिङ पहाडका मानिसहरु बिजनबारीको हृदयबिदारक घट्नाबाट मर्माहत बन्न पर्यो। मादलको धिङताङमा भैलो र देऊसेका स्वरहरु गाउँदै नाच्न नसक्ने भयो बिजनबारीको यस पिडादायक घट्नाले। बजार भरी नै मानिसहरु बिजनबारीको घट्ना सम्झन्दै तिहारमा कुनै रौनकता नै नभएको कुराहरू गर्दै थिए। यता यस बिषयमा आज गोजमुमो नेता एंव कालेबुङका बिद्याक डा हर्क बहादुर छेत्रीले शोक व्यक्त गर्दै पिडीत परिवारहरु प्रति सहानुभुति व्यक्त गरे। बिजनबारीको घट्नाकाण्डमा जुन पिडा आज परिवार पक्षमा परेको छ वास्तवमा उक्त पिडा सम्पूर्ण पहाडवासीको हो भनि तिनले जनाए। यस बेला ति पिडीत परिवारहरु प्रति आफू सदैव साथमा रहेको पनि छेत्रीले जानए। तिनले यसै क्रममा कुराकानी गर्दै बिजनबारीको दुर्घट्ना ग्रस्त पूल उत्तर बङ्गाल बिकास मन्त्री गौतम देवले आफ्नो पक्षबाट राष्ट्रीय स्तरको संस्थानहरु संग सम्पर्क गरेर निर्माण गरिदिने आश्वासन दिएको पनि तिनले जनाए। अर्कोतिर गौतम देवले यस्तो पुलहरु पहाडभरि कति छन् त्यो सर्वेक्षण गरेर सरकारलाई रिपोर्ट बुझाउनु भनि जनाएको पनि तिनले जनाए। यसै अनुरुप यस पुल निर्माण कार्यको निम्ति यथाशिघ्र सर्वेक्षण हुने पनि तिनले जनाएका छन्। डा छेत्रीले कुनै पनि दुर्घटना भए पछि मात्र सरकारको होस आउने निति रहेको बताउँदै यसपल्टको सरकाले त्यस्तो निति नअप्नाएर अन्य स्थानको पुलहरु यथाशिघ्र निर्माणको निम्ति पहल गर्नु पर्ने पनि माग गरेको बातए। पहाडभरी यस्तो पुलहरु कति छन् त्यस बारेमा यथाशिघ्र सर्वे गरेर पहिलो भगमा २० वटा पुलहरुको सूचि सरकारलाई पठाउने पनि तिनले जनाए। आवश्यक परेको खण्डमा केन्द्र सरकारलाई पनि सहयोग माग्ने बताउँदै पुलहरुको सर्वेक्षण हप्तादिन भित्र शुरु गर्ने पनि तिनले जनाए। अर्कोतिर नगरपालीका चुनावबारे सोधिएको प्रश्नको जवाब दिंदै मोर्चाको निम्ति चुनावको मुद्दा प्राथमिक नरहेको जनाए। अहिले मानिसहरु आपत्कालको स्थितिमा रहेको कारण मानिसहरुलाई राहत दिनु पहिलो कर्तब्य रहेको बताउँदै चुनाव सरकारको बाध्यता मात्र हो भनि जानए। सोहि सन्दर्भमा यदि चुनाव भए मोर्चाकै जित निश्चित हुने पनि तिनले दाबी गरे। एकतिर भुँईचालोले मानिसहरु बैघर भएको समयमा चुनाव कुनै सम्या होइन भनि तिनले बताए। अर्कोतिर ग्राम पञ्चायत चुनावबारे प्रशन गर्दा तिनले जनसंख्या वृद्धिको कारण पञ्चायतको संख्या र खण्डहरको संख्या बृद्धि गर्नु पर्ने पनि तिनले बातए।

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.