क्रामाकपा पर्टीले गर्यो न्यायिक जाँचको माग


कालेबुङ २४ हक्टोबर: डी के वाइबा

बिजनबारी घट्नाकाण्डमा परेका पिडीत परिवारहरु प्रति क्रामाकपा पर्टीले शोक व्यक्त गरेको छ। क्रामाकपा कालेबुङ आञ्चलिक समितिका सभापति किशोर प्रधानले आज पार्टी कार्यलयमा पत्रकारहरुलाई सम्बोधन गर्दै घटना दुखद्पूर्ण रहेको बताए। उक्त घट्नाकाणड कसरि भयो भन्ने बिषयमा न्यायिक जाँच हुनपर्ने पनि क्रामाकपाले माग गरेको छ। प्रधानले यस बिषयमा प्रशासनले न्यायिक जाँच गरेर घट्ना कसरी भयो भन्ने कुराको पत्तो लगाएर वास्तविक कुरा सार्वजनिक गर्नु पर्ने पनि तिनले माग गरे। तिनले यस बिषयमा पुलिस प्रशासनको पनि गल्ति रहेको बताउँदै पुलको अवस्था सोचनिय छ भनेर थाहा हुँदा हुदै किन मानिसहरुलाई त्यहाँ भिड हुन दियो भनि प्रश्न गरे। अर्कोतिर तिनले यसै क्रममा गोजमुमो प्रति पनि प्रहार गर्दै बिजनबारीमा जुन कार्यक्रम हुँदै थियो त्यसको प्रशासनबाट अनुमति थियो थिएन भन्ने पनि जाँच हुन पर्ने माग गरे। दार्जीलिङ पुलिस अधक्षकले बिजनबारीका ओ सीलाई सोकज दिंदैमा घट्नाको रहस्य पत्तो नहुने बताउँदै एउटा पुलिस कर्मीलाई सोकज दिएर घट्नाको वास्तवविकता ढाकछोप गर्नु नहुने पनि तिनले माग गरे। तिनले उक्त घट्नाकाण्ड गोजमुमोको कार्यक्रमको कारण भएको भनि आरोप लगाउँदै मोर्चा प्रमुख गुरुङले कसरी कलेजको शिल्यान्यस गरे भनि प्रश्न गरे। कलेजको शिल्यन्यस विधायक वा सांसद तथा कुनै प्रशासनिक अधिकारीले राख्नु पर्ने हो तर कुन आधारमा राखेका हुन् भनि प्रश्न गर्दे जुनसुकै कार्यलाई राजनीति गर्नु नहुने पनि तिनले माग गरे। अहिले ममता ब्यानर्जीले मरेका परिवारहरुलाई पैसा दिने घोषणा गरेर पिडीतहरुको पक्षमा रहेको बताएता पनि वास्ताविकमा भने पैसाको राजनीति गरेको पनि तिनले आरोप लगाए। उक्त घट्नाकाण्डको सहि तथ्य पत्तो लगाउँनु पर्ने माग गर्दै निकोल तामङ हराउँदा जसरी एउटा पुलिस कर्मीलाई शोकज दिएको थियो त्यस्तै घट्ना यहाँ दोहोरिनु नहुने पनि तिनले माग गरे।

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.