तेलंगना पहिला बनियोस त्यसपछि हाम्रो कार्यक्रम हुनेछ-विपक्षी दलहरुलाई शुभकामना-डा० हर्क बहादुर छेत्री

कालेबुंग/डी० के० वाइबा -अहिले तेलंगना राज्य गठन हुने सम्भावना बारे प्रश्न गर्दा डा० छेत्रीले आफ्नो प्रतिक्रिया व्यक्त गर्दै तेलंगना गठन भएको छैन यदि गठन भए हाम्रो पनि रणनीति हुनेछ भनि बताए | हालमा कुनै रणनीति बताउँन नचाहेको बताउँदै यदि तेलंगना राज्य बानिए मात्र हाम्रो कस्तो रणनीति हुनेछ वा जीटीए छोड्नुपर्ने सबै बारे घोषणा गरिनेछ | तर हालमा उक्त राज्य बनिएकै छैन त्यसर्थ केही भन्दैनौ भनि डा० छेत्रीले जनाए |

विपक्षी दलहरुलाई शुभकामना
छुट्टै राज्य गोर्खाल्याण्डको मांगलाई अघि बढाउन पहाडका विपक्षी पार्टीहरु एउटै मन्चमा भेला हुने अभागोली नेता प्रताप खातीले दिएको संकेत प्रति डा० हर्क बहादुर छेत्रीले शुभकामना दिएका छन् | तिनले भने यदि पहाडको समस्या बारे कोही पनि इमान्दार भएर अघि आउंछन्  भने हाम्रो शुभकामना छ | तर आजसम्म जनताको बिश्वास जित्न नसक्नेहरुले त्यो एउटै मन्चमा भेट हुने कुरो केवल मिडियामा फुक्ने भाषण मात्र हुन्  भनि छेत्रीले जनाए |


स्थिति साम्य भएपछि मात्र चुनाव : 
दार्जीलिंग पहाडमा नगरपालिका चुनाव हुने सरकारबाट घोषणा भएतापनि हाल मोर्चाले यसमा समय बर्बाद नगर्ने भएको गोजमुमो नेता एवम विधायक डा० हर्क बहादुर छेत्रीले बताए | गत १८ सितम्बरमा आएको भुइँचालोले मानिसहरु विचलनी परिरहेको कारण ती सबै स्थितिहरु साम्य पार्न अनि पिडितहरुलाई राहत पुराउने कार्यमा नै मोर्चाले हाल जोड दिरहेको पनि तिनले बताए | भुइँचालोले पुराएको सम्पूर्ण तान्डवहरुको परिस्थिति साम्य भएपछि मात्र चुनाव बारेमा सोच्ने पनि डा० छेत्रीले बताए | 

तराई डुवर्सको भू-भाग: हाई पावर कमिटिको निर्णय नै अन्तिम हुने :
विभिन्न पार्टीहरुले आ- आफ्नो मांगहरु सरकार संग राख्न सक्छन् | हाम्रो कुनै आपत्ति छैन त्यसमा | हाम्रो तराई र डुवर्सको भू- भाग सम्बन्धि कमिशन बनिएर काम शुरु भैसकेको छ | हाम्रो माँगलाई सरकारले मान्यता दिसकेको छ | भू- भाग गाभिनु नगभिनु  हाई पावर कमिटिको रिपोर्ट पछि नै तय हुनेछ | यो कार्य सम्भवत नोभेम्बर महिनामा पुरा हुनेछ |"- उक्त कुरा गोजमुमो  नेता एवम विधायक डा० हर्क बहादुर छेत्रीले तराई डुवर्सको भू- भाग जीटिएमा गाभिन दिनेछैनौ भन्ने आदिबासी विकाश परिषदका नेता जोन बारलाले दिएको बक्तव्यको प्रतिक्रिया दिंदै भनेका हुन् | आदिबासी नेताहरुको भनाइ त्यो उनीहरुको सोंच रहेको बताउँदै यता सरकारले भने मोर्चालाई मान्यता दिएर हाइ पावर कमिटि जस्तो कमिशन बनाएर कार्य गरिरहेको पनि डा० छेत्रीले बताए | 




तराई डुवर्सको १ सय ९६ वटा मौजा गाभिनु पर्छ :
गोजमुमोले तराई डुवर्सको मोठ १ सय ९६ वटा मौजा जीटीएमा अन्तर्भुक्त हुनपर्छ भनि माँग सरकार समक्ष गरिसकेको डा० हर्क बहादुर छेत्रीले बताएका छन् | नेपाली बहुल क्षेत्रहरु रहेको उक्त क्षेत्रहरुको जमिनी सत्यता जाँच गर्नु हाल हाई पावर कमिटिले कार्य गरिरहेको पनि तिनले जनाए | यदि हाइ पावर कमिटिले जमिनी सत्यतालाई जाँचेर नेपाली बहुल क्षेत्रहरु जीटीएमा गाभिनु पर्ने रिपोर्ट सरकारलाई दिए ती क्षेत्रहरु सरकारले गाभ्नुपर्ने भनि डा० छेत्रीले जनाए | 
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.