बिजनबारी पूल दुर्घटनामा पर्ने पिडितहरुलाई मोर्चा हाईवे ब्लक कमिटिको सहयोग

मंग्पू/ केशर मोक्तान: हिज बिजनबारी झोलंगे पूल दुर्घटनामा परेर मृत्यु हुने परिवार प्रति मोर्चा हाईवे ब्लक कमिटिले शोक समवेदना प्रकट गरेको छ | यस्तै गरी दुर्घटनामा परेर घाइते हुने पिडितहरुलाई आज मोर्चा हाइवे ब्लक कमिटिका प्रतिनिधि सगर लामा, नर्बु लामा, सचिन छेत्री, अर्जुन तामांग, सुकबीर लामा अनि राजु लामाले सिलिगुडी नर्थ बंगाल कलेज अनि अस्पतालमा पुगी सेवा पुराएको जानकारी प्राप्त छ | मोर्चा हाइवे ब्लक कमिटिको नेतृत्वमा हाइवे ट्यांकर चालक संगठन अनि राजमार्ग ट्रक मालिक कल्याण संगठनको तर्फबाट नर्थ बंगाल मेडिकल देखि बिजनबारी सम्म बिरामीहरुलाई आवत जावत गर्न निशुल्क रुपमा एम्बुलेन्सको व्यवस्था गरेको जानकारी मोर्चा हाइवे ब्लक कमिटिका संयोजक सागर लामाले दिएका छन् | उक्त कमिटिले घाइते हुने बिरामीहरुलाई खुन दिनको निम्ति जरुरत परेको खण्डमा पनि सिलिगुडी ब्लड ब्यांकसित सम्पर्क राखेको अनि ब्लड दिनको निम्ति हाइवे बाट युवाहरु तैनाथ रहेको संयोजकले बताएका छन् | दुर्घटनामा परेर मृत्यु हुने परिवार प्रति गोर्खा जनमुक्ति शहीद संगठन कालेबुंग शाखाका सभापति लियो राइले पनि शोक समवेदना प्रकट गर्दै उक्त संगठनले पनि पिडितहरु प्रति सहयोग पुराईरहेको जानकारी दिएका छन् | यसरीनै रम्बी अस्पतालका एम्बुलेन्स अनि काली झोडा एच० सी० सी० कम्पनीका एम्बुलेन्सले पनि बिजनबारीबाट विरामीहरुलाई अवत जावत गर्न सेवा पुराईरहेको खबर छ | मृत्यु हुने परिवार प्रति लोहपूल सुन्तले बिरिक गोजमुमो शाखाले पनि दुई मिनटको मौन धारण गरि शोक प्रकट गरेको छ |
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.