कालेबुंग गीतकोलबुंग नाकेडाँडा भुइँचालो पिडितहरुलाई मंग्पू एकता समाज द्वारा राहत

१८ सेप्टम्बर को भुइँचालोमा पर्ने कालेबुंग महकुमा अन्तर्गत गीतकोलबुंग नाकेडाँडाका पिडित परिवारलाई मंग्पू  एकता समाज अनि नव ज्योति नारी संघ दार्जीलिंगको संयुक्त प्रयाशमा २५ हजार रुपियाँ बराबरको राहत सामग्री गत १९ अक्टोबरको दिन वितरण गरिएको जानकारी एकता समाजका सचिव सुबास राईले दिएका छन् |
 मंग्पू बस स्ट्याण्ड देखि ८० कि० मी० गाडीमा यात्रा गरेर गीतकोल्बुंग नाकेडाँडा पुगी यी दुई संस्था टोलीले भुइँचालो पिडित परिवारलाई १५ बोरा चामल, १ बोरा दाल, २६ कि० लि० खाने तेल, ५० के० जी० नुन लगायत अन्य सामग्री अनि लुगा फाटा वितरण गरेको थाहा लागेको छ | गीतकोलबुंग देखि ९ कि० मी० टाडोमा पैदल यात्रा गरेर मंग्पू एकता समाज अनि दार्जीलिंग नव ज्योति नारी संघका प्रतिनिधि टोलीले भुइँचालो पिडित परिवारको घरमा पुगी विरामीहरुलाई सय रुपियाँ गरेर प्रत्येक विरामीलाई नगद रुपियाँ वितरण गरेको एकता समाजका सचिवले बताएका छन् | उक्त भुइँचालो ग्रस्त क्षेत्र कालेबुंग महकुमाको एकदमै दुर्गम क्षेत्र रहेको र यस ठाउँको बिकाश हुन जरुरी रहेको पनि सचिवले बताए | स्मरण रहोस मंग्पू एकता समाजले गत बर्ष बिहारमा आएको बाड पिडित परिवारलाई अनि सिक्किम भुइँचालो पिडितहरुलाई पनि राहत सामग्री दिएर सहयोग गरेका थिए | कालेबुंग भुइँचालो पिडितहरुलाई राहत सामग्री वितरण गर्न मंग्पू एकता समाजका सुबास राई, पवन बल लगायत अन्य प्रतिनिधि अनि दार्जीलिंग नव ज्योति नारी संघबाट लता राई, मुना तामांग, रजनी छेत्री उपस्थित थिए |
Read latest post filed under mungpoo news, regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.