Akhil Bharatiya Gorkha League not to participate in Darjeeling municipal election

कालेबुंग / डी के वाइबा - अन्तत : दार्जीलिंग  पहाडको  चार वटा  नगरपालीकाको  निम्ति हुने  चुनावमा  अखिल भारतीय  गोर्खा  लीग  पार्टीले  चुनाव  नलड्ने  घोषणा  गरेको छ | लीग का  सचिव  प्रताप  खाती ले आज फोन  मार्फत  सम्पर्क  गर्दै  पार्टीले  नगरपालीका चुनावमा  प्रतिद्वन्दी  नगर्ने  निर्णय  लिएको बताए | बिशेष  पहाडमा  गणतान्त्रिक  परिवेश  नभएको  कारण  चुनावमा  भाग  नलिने  निर्णय  लिएको  खातीले  जनाए  | तिनले  दार्जीलिंग  पहाडको  परिवेश  ठीक  नभएको  बताउँदै  गणतान्त्रिक  परिवेश  नहुनुमा  प्रशासनको  एक   पक्षीय  नीति  रहेको  पनि  खातीले  आरोप लगाए | तिनले  प्रशासनको  आलोचना  गर्दै  मदन  तामांग  हत्याकाण्डका  आरोपीहरु पक्राउ  गर्नुको  उल्टो  प्रशासनले  बंगाल  सरकारको निर्देशमा  प्रशय  दिने  कार्य  गरिरहेको  पनि आरोप लगाए | यसै क्रममा  अभागोली  सचिव  खातीले   मुख्य  मन्त्री  ममता  ब्यानर्जी ले  दार्जीलिंग पहाडमा  गणतन्त्रको  बहाली  गर्नुको  साटो  उल्टो  हत्याराहरुसित  नै  सम्झौता  गरेको  पनि  आरोप  लगाए  | तिनले आफुहरु  चुनावमा  भाग  नलिनुको  मुख्य  कारण  नै  गणतान्त्रिक  परिवेश  नभएको हो  भनी  दाबी  गर्दै  गोजमुमो  पार्टी  गोर्खाल्याण्डको  घोडामा  चडेर  चुनाव  र चौकी  ताक्ने  मात्र  रहेको  पनि  आरोप  लगाए  | तिनले  मदन तामांग  हत्याकाण्डको  जाँच  सीबीआईले  यथा सिग्र्ह   पुरा  गर्नु  पर्ने  माग  गर्दै  मोर्चा  प्रमुख  बिमल  गुरुङ  र महा  सचिव  रोशन  गिरी लाई  पनि  सोधपुछ  गर्ने  निर्देश  बंगाल  सरकारले  दिनुपर्ने  पनि  माग  गरे  |
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.