बाल दिवसको अवसरमा नानीहरु प्रति आत्मियता प्रकट गर्न मोर्चा प्रमुख बिमल गुरुङ गान्धी आश्रममा

कालेबुंग/डी के वाइबा - बाल दिवसको अवसरमा नानीहरु प्रति आत्मियता प्रकट गर्दै गोर्खा जनमुक्ति मोर्चा प्रमुख बिमल गुरुङले आज स- साना विधार्थीहरुलाई मिठाई वितरण गरे | बाल दिवसको अवसरमा तिनी आज यहाँको गान्धी आश्रम विधालयमा पुगेका थिए | तिनले नानीहरुलाई मिठाई वितरण गर्दै बाल दिवसको शुभकामना दिए | मोर्चाले शिक्षालाई विशेष महत्व दिएको बताउँदै विधार्थीहरुको सहयोग गर्न आफू तत्पर रहेको पनि गुरुङले बताए | गुरुंगले दार्जीलिंगमा " कन्चनजंघा " विधालय खोलेर नानीहरुलाई अध्यनको सुविधा प्रदान गरिरहेको बताउँदै  भविष्यमा जीटिएको पूर्ण गठन पछि थप यस्ता विधालयहरु खोल्ने पनि गुरुंगले बताए |
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.