मंग्पू रविन्द्र संग्राहलय असुरक्षित-असंरक्षित नै भए पनि पर्यटकहरुको धुइरोमा

मंग्पू/केशर मोक्तान : विश्व कवि रविन्द्रनाथ ठाकुरले चार पल्ट बास गरेको स्थल  मंग्पू  रविन्द्र संग्राहलयमा पर्यटकहरुको आगमन दिनप्रतिदिन बढदै गएको जानकारी यसै संग्राहलयका कर्मचारी शिशिर रावतले दिएका छन् | हाल सम्ममा सिन्कोना बगानको देखरेखमा चलिरहेको संग्राहलयलाई केही दिन अघि मुख्य मन्त्रीले परिभ्रमण गरि चाडै नै सुचना एवम सांस्कृतिक विभागमा गाभ्ने घोषणा गरेता पनि आज सम्म अधिकारिक रुपमा विभाग विहिन नै रहेको थाहा लागेको छ | उतर बंगालका बिकाश मन्त्री मंग्पू  रविन्द्र संग्राहलय आइपुगेको समय एक हप्ता पछि संग्राहलयमा विध्युत जडान साथै रात चौकीदार नियुक्त गर्ने घोषणा गरेर गएका थिए जुन बचन पनि आजसम्म अधुरो नै रहीआएको छ | संग्राहलय भित्र कवि गुरुले १९४० तिर बनाएका राम्रा राम्रा चित्र साथै प्रयोग गरिएका अमुल्य बस्तुहरु अनि उनले लेखेका कृतिहरु छन्  जसको संरक्षण गर्न अनिवार्य देखिन्छ | त्यति मात्र नभएर संग्राहलयमा रात्री  चौकीदार नभएको कारण एवम संग्राहलय भित्र विध्युत जडान नभएकोले त्यस भित्र रहेको अमुल्य बस्तुहरु कुनै पनि समय चोरी हुन सक्ने स्थानीय बासिन्दाहरुको भनाई छ | कोलकाताबाट मंग्पू  घुम्न आएका एक पर्यटक भौमिक सरकारले यस संग्राहलय भित्र रहेको कवि गुरुको सरसमानहरु आफ्नो क्यामरामा कैद गर्दै यस अमुल्य सर - समानको सरकारले झट्टै संरक्षण गर्न आवश्यक रहेको बताए अनि उनको साथमा आएका पर्यटकहरुले कोलकाता पुगेर सरकार समक्ष यस संग्राहलयको अवस्था बारे अवगात गराउँदै एक ज्ञापन चडाउने भएको छ | 
साँझ पख यस संग्राहलयमा घुम्न आएको उक्त पर्यटक टोलीले कवि गुरुको संग्राहलयमा आज सम्म पनि बिध्युत जडान नगरिएकोमा खेद प्रकट गर्दै  यस बिषयमा मुख्य मन्त्रीलाई अवगात गराउने पत्रकारहरुलाई बताए |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.