चिन सरकार बिरुद्ध कालेबुङ शहरमा टिबेटियन वुमेन एसोसिएसनको बिरोध प्रदर्शन

कालेबुङ ६ नोभेम्बर : डी के वाइबा: तिब्बतमा चिन सरकारले गरिरहेको अत्यचारको बिरोध गर्दै आज कालेबुङ शहरमा टिबेटियन वुमेन एसोसिएसनले एउटा जुलुस निकालेर बिरोध प्रदर्शन गर्यो। उक्त जुलुसमा टिबेटियन युथ कङ्ग्रेसले पनि भाग लिएको थियो। यहाँको माने लाखाङ गुम्बाबाट शुरु भएको जुलुसले शहर परिक्रमा गरेर डम्मबर चौकमा समापन भयो। यस अवसरमा तिब्बती समुदायका मानिसहरुको ब्यापक उपस्थिति रहेको थियो। तिब्बतमा मानव अधिकारको हनन गरेर चिन सरकारले तिब्बती मानिसहरु माथि अत्यचार गरिरहेको कारण केहि दिन अघि पाल्देन छोसाङ नामक आनीले आत्मह्त्या गरेको बताउँदै यसैको बिरोध प्रदर्शन गरेको एसोसिएसनका अध्यक्ष केल्साङ छुकीले बताइन। हाल चिन सरकारले तिब्बतमा तिब्बती भाषाको पठन पाठनमा प्रतिबन्ध लगाएको साथै गुम।बाहरुमा पुजा गर्न समेत प्रतिबनध लगाएको कारण मानिसहरुले लगातार आत्महत्या गरिरहेको पनि तिनले बाताइन्। अब चिन सरकारले तिब्बतीहरु माथि अन्याय र अत्याचार गर्न पाउँदैन भन्दै यसको निम्ति संयुक्त राज्यले पहल गर्नु पर्ने पनि तिनले माग गरे। तिब्बत चिनको कहिल्यै नभएको दाबी गर्दै यसलाई यथाशिघ्र मुक्त गर्नु पर्ने पनि एसोसिएसनले माग राखेको छ। आज निकालिएको जुलुसमा स साना मानिसहरु देखि लिएर वृद्धाहरुले पनि भाग लिएको थियो। उनीहरुले चिनको अतिक्रमण अब सहन गर्न नसकिने बताउँदै मानव अधिकारको पुनर्बहालि यथाशिघ्र गर्नुपर्ने पनि माग गरे।
Read latest post filed under general news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.