नगरपालीका चुनाव र दलहरुको राजनैतिक कसरत

 कालेबुंग/डी० के० वाइबा - दार्जीलिंग पहाडमा जाडोको मौसम शुरु भइसकेको छ भने चिसो मौसममा पनि नगरपालीका चुनावको हावा भने तातिएको छ | नगरमा सम्पन्न हुने यसपालीको चुनावमा राजनैतिक कसरत गर्नेहरुमा अहिले गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो ) पहिलो नम्बरमा रहेको छ | मोर्चाले नगरपालीका चुनावमा आफ्नो बर्चस्व कायम राख्न कुनै पनि कसरत बाँकी राखेको छैन | दार्जीलिंग पहाडको चारैवटा नगरपालिका क्षेत्रमा आगमी ११ दिसम्बरमा सम्पन्न हुने चुनावमा सय प्रतिशत सिटहरु जितेर आफ्नो पार्टीको शक्ति देखाउन अहिले मोर्चाले नगरपालीका क्षेत्रको वार्डहरुमा आफ्ना कार्यकर्ताहरुलाई सक्रिय पारेको छ | मोर्चाले आफ्ना पार्टी समर्थकहरुलाई सक्रिय पार्नको साथै वार्डहरुमा उम्मेदवार चयन प्रक्रिया पनि तिब्र गतिमा अघि बढाईरहेको छ | कालेबुंग नगरपालीकाको मोठ २३ वटा वार्डहरुमा नै आफ्नो वर्चस्व कायम राख्न अहिले मोर्चाको उम्मेदवार चयन समितिले योग्य उम्मेदवार चयनको निम्ति स्थानीय मानिसहरुको बिचार बुझिरहेका छन्  | गत ७ नोबेम्बर देखि थालेको उम्मेदवार चयन प्रक्रिया मोर्चाले अध्यावधी जारी राखेको छ | यसपल्ट मोर्चाले उम्मेदवार चयन प्रक्रियामा नयाँ रणनीति अपनाएर आफ्नो प्रतिद्वन्दीहरुलाई विगत विधान सभा चुनावमा जस्तै धराशयी बनाउने योजना बनाएको छ | एकातिर आफ्नो  प्रतिद्वन्दीहरुलाई धराशयी बनाउने योजना त बनाएको छ नै साथै पार्टी भित्र नै विरोधाभाष सृजना नहोस्  भन्ने पनि रणनीति अपनाएको छ | जुनसुकै वार्डमा पार्टिका कार्यकर्ताहरुलाई टिकट दिएर यसपल्ट पार्टीमा नै अन्तरकलह नहोस् भन्ने मोर्चाको  सोंच रहेको छ | विगातका दिनहरुमा अन्य पार्टीहरुले नेताहरुको प्यारो र नजिकका रहेकाहरुलाई टिकट थमाएर आफ्नै पार्टीमा अन्तरकलह बनाएर विपक्षी पार्टीहरुलाई भोट जित्न सहयोग पुराउने भुल यसपल्ट मोर्चाले अपनाउन चाहेको छैन | वार्ड का प्रत्येक मानिसहरुको जन आकांक्षा लिएर खुबै सतर्कता पुर्बक उम्मेदवार चयनको निम्ति मोर्चाका शिर्सस्थ नेताहरु लागी परेका छन् | मोर्चाको यो कदम कतिसम्म लाभदायक हुन्छ अहिले नै भन्न नसकेको पनि दार्जीलिंगमा भएको उम्मेदवार चयन प्रक्रियाको घटनाले भने यस कार्य पनि पार्टीभित्रै चुनौतीपूर्बक भएको स्पस्ट संकेत पाइएको छ | गोजमुमो पार्टिका उम्मेदवार चयन समितिले अहिले विभिन्न वार्डहरुमा उम्मेदवार चयनको निम्ति नाम लिईरहेका छन् | ती एकाधिक लिईएका नामहरुबाट कसले टिकट पाउने हो त्यो नामांकन पत्र बुझाएपछि नै स्पस्ट हुने देखिन्छ | तर उम्मेदवारबाट नाम छाटिने मानिसहरु भने पार्टीको निर्णय प्रति कति सन्तुस्ट बन्ने हुन् भन्न निक्कै कठिन देखिन्छ | 

एकातिर गोजमुमो पार्टीले नगरपालिकाको कुनै पनि आशनमा हारको सामना नगर्न खुबै सतर्कता अपनाएका छन्  भने अर्कोतिर विपक्षी पार्टीहरु भने कुनै राजनैतिक क्रिया कलाप गरेका छैनन् | विपक्षी राजनैतिक पार्टीहरुको मौनताले मोर्चालाई कति सम्म लाभ वा हानी हुने हुन्  त्यो आगमी दिनमा नै स्पस्ट हुनेछ | अहिले घरि मोर्चाको राजनैतिक गतिविधिले नगरपालिकाका चुनाव प्रति जति चासो राखेर हेरिरहेका छन्  उत्तिकै चासो अन्य राजनैतिक पार्टीहरुको मौनता माथि पनि राखीरहेका छन् | यता कतिपय मानिसहरु भने पहाडको अहिले घरि शक्तिशाली दल मानिने गोजमुमोलाई नगरपालीका चुनावमा बाइपास गर्ने हुन्  कि भन्ने पनि आशंका गरिरहेका छन् | किन भने पहाडको एकमात्र शक्तिशाली विपक्षी पार्टीको रुपमा मानिने क्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टीले नगरपालिका चुनाव नलड्ने घोषणा गरेर मोर्चालाई नै बाइपास गरेका हुन् कि भन्ने प्रत्यक्ष संकेत दिईसकेका छन्  | यता अखिल भारतीय गोर्खालिग पार्टीले भने आगमी १४ नोबेम्बरमा मात्र चुनाव बारे घोषणा गर्ने बताएका छन्  भने कांग्रेस पार्टीले हाई कमाण्डको निर्णय प्रतिक्षा साचिरहेका छन् |   लीगले आफू  विरुद्ध चुनाव लड्न सक्ने संकेत केही दिन अघि दिएको थियो | तर क्रामाकपाले चुनावमा सहभागिता नजनाउने घोषणा गरिसकेको कारण कुन पार्टीसित मिलेर चुनाव लड्ने हुन् भन्ने प्रश्न अडेको छ | क्रामाकपा पछि लीगले हात मिलाउन सक्ने दलहरुमा मार्क्सवाद कम्युनिस्ट पार्टी (माकपा) र कांग्रेस मात्र रहेको छ | कांग्रेस हाइ कमाण्डको निर्णय पर्खिरहेका छन्  भने माकपा लीगसित हात मिलाउन नसक्ने सम्भावना नै बडी देखिन्छ | किन भने माकपा पार्टिका स्थानीय नेता तारा सुन्दासले एक रुपमा नामांकन पत्र लिईसकेका छन् | यस्तो अवस्थामा अन्य दलहरुसित सम्झौता गर्ने सम्भावना कम्ति नै रहेको छ | तिनले नगरपालीकाको चुनावमा विगतका दिनहरुमा माकपा पार्टीले कतिपय वार्डहरुमा योग्य उम्मेदवार निकाल्न सकेका छैनन् | यस्तो अवस्थामा क्रामक्पा पार्टी समर्थकहरुको भोट कसको पक्षमा खस्ने हुन्  भन्ने पनि चासोको बिषय बनेको छ भने कतिपय वार्डहरु निर्दलीय उम्मेदवारहरुले चुनावी प्रतिद्वन्दी  गर्ने सम्भावना पनि प्रबल रहेको छ | यस्तो परिस्थितिमा कस्तो निर्णय होला त्यो केही दिन पछिमात्र स्पष्ट हुनेछ |
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.