कालेबुंग शहरको बिकास र सुन्दरीकरण - एउटा समस्याको गुड़

कालेबुंग/डी० के० वाइबा - कालेबुंग शहरको बिकास र सुन्दरीकरणको निम्ति गोजमुमो पार्टीले अगावै दिल्लीबाट  आर्किटेक ल्याएर घुमाइसकेको छ | यता नगर प्रशासन एवम महकुमा अधिकारीले पनि कालेबुंग शहरको विकास र सुन्दरीकरणको निम्ति पहल गरिसकेको छ | यतिमात्र होइन शहरको बिकास कसरी र कहाँ कहाँ के निर्माण गरेर गर्नु पर्ने भन्ने बिषयमा  खाका ( ब्लु प्रिन्ट ) समेत तयार भइसकेको छ | दार्जीलिंग पहाडमा जीटीए वा जी एण्ड एटीए लागु भएपछि पहाडको सर्वांगीण बिकास हुनपर्छ भनेर मोर्चा नेतृत्ववर्ग लागी परेको छ | तर शहरको बिकास साथै सुन्दरीकरण गर्नको निम्ति नगर प्रशासन लगायत शक्तिशाली राजनैतिक पार्टी समेतलाई गतिलो चुनौतीहरु देखा परेको छ | यता छोयो यतै ह्वांग र उता छोयो उतै भ्वांग भएर समस्याहरु बग्रेल्ती निस्केपछि अहिले बिकास कार्यको निम्ति पाइला अघि सार्न पहिले फुकेर टेक्न पर्ने स्थितिहरू  सृजना भएको छ | मोर्चा र नगर प्रशासन मिलेर कालेबुंग शहरको बिकास एवम सुन्दरीकरणको निम्ति एउटा मल्टिकम्प्लेक्स अनि व्यवस्थित मोटर स्ट्याण्ड बनाउने योजना तयार पारेको छ | तर उक्त योजना कार्यन्वय हुनु एउटा गतिलो चुनौती अघि देखा परेको छ | यहाँको नोवेलटी परिसरमा मल्टिकम्प्लेक्स र व्यवस्थित स्ट्याण्ड निर्माण गर्न ब्लु प्रिन्ट समेत तयार पारिएको छ | चुनौती सबैभन्दा ठुलो क छ भने जुन स्थानमा कम्प्लेक्स बनाइने योजना छ त्यहाँ हाल ३६ परिवारहरुलाई पहिले हटाउन पर्ने भएको छ |  विभागले ती परिवारहरुलाई अवैधरुपले बसेका हुन्  भन्ने तर्क राखेर हट्ने नोटिस समेत कतिपय परिवारहरुलाई दिसकेको छ | तर उक्त परिवारहरुको तर्क भने पुर्खेली जमीन रहेको कारण हट्दैनौ भन्ने रहेको छ | यतिमात्र होइन उक्त उक्त जमीनबारे अगावै आफुहरुले मुद्दा समेत जितेको दस्तावेज रहेको ठोकुवा गर्दै हट्ने पक्षमा छैनन् | यता गोजमुमो पार्टी भने यसलाई राजनैतिक समाधान गर्ने दिशामा प्रयाशरत छन् | मोर्चाले ती परिवारहरुलाई मोटर स्ट्यान्डमा निर्माण हुने बहुतले भवनको स्टलहरुमा उनीहरुलाई सारेर मालीकानाको अधिकार समेत दिएर राजनैतिक समाधान गर्ने प्रयाश गरिरहेको छ | यस्तो परिस्थितिमा बिकास र उच्छेदको समस्या खुबै चुनौतीपूर्ण बन्न गएको छ मोर्चाको निम्ति | मोर्चाले समस्याको समाधान गर्न यस अघि पनि उक्त स्थानका मानिसहरुसित बसेर बात गरिसकेको छ | तर कुनै निष्कर्ष भने निस्कन सकेको छैन | यस्तैमा भोलि उक्त क्षेत्रका ३७ परिवारहरुले आफ्नो निर्णय सुनाउनु पर्ने रहेको छ | निर्णय के सुनाउने हुन् भन्न नसकेपनि समस्याको समाधान भने चाडै निस्कने छाँट देखिएको छैन | किन भने बिगत दिनमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा को शाशनकालमा पनि मोटर स्ट्याण्ड निर्माणार्थ उक्त क्षेत्रबाट चार परिवारहरुलाई उच्छेद गरिएको थियो | ती परिवारहरु कमला प्रधान, जीवनराम ,पुर्णिमा राइ अनि निरज प्रधान हुन् | यी परिवारहरुलाई पनि थुप्रै प्रलोभन देखाएर हटाएका थिए जो आजसम्म न्याय नपाएको गुनासो गर्दै  बाँचिरहेका छन् | यस्तो परिस्थितमा ती ३७ परिवारहरुको भविष्य कस्तो होला भन्ने त्रासले उनीहरु अहिले चिन्तित बनेका छन्  भने बिकासका योजना के होला भन्ने पनि प्रश्न जटिल बनेकै छ | 
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.