मोर्चाले अँध्यारो युग हटाएर उज्यालो युग शुरु गरेको छ - पी० आर० प्रधान
मंग्पू /केशर मोक्तान/२१ नोभ :- हिज रम्बी बजारमा नवनिर्मित सरकारी अस्पताल ( खण्ड प्राथमिक स्वास्थ्य केन्द्र ) को उद्घाटन कालेबुंगका विधायक डा० हर्क बहादुर छेत्री द्वारा गरियो भने उद्घाटन कार्यक्रमका विशिष्ठ अतिथि पी० आर० प्रधानले कार्यक्रमलाई सम्बोधन गर्दै मोर्चाले २१ वर्षे अँध्यारो युगलाई हटाएर उज्यालो युग शुरु गरेको बताए | शिक्षाविद पी० आर० प्रधानले गोर्खाल्याण्ड माग माउन्ट एभरेष्टको टुप्पो हो जहाँ पुग्नको निम्ति धेरै कोशिश गर्नु पर्छ अनि माउन्ट एभरेष्ट चड्नलाई धेरै ठाउँ बिसाउनु पर्छ र प्राधिकरण एउटा बिसौनी चौतारी रहेको जनाए | उनले अध्यक्ष बिमल गुरुङलाई छोरा समानको रुपमा सम्बोधन गर्दै बिमल गुरुङको नेतृत्वमा समय अनुसार कार्य भइरहेको बताए | मोर्चा र आदिबासी माझ जी० ए० टी० ए० मा सम्झौता भएर एकदमै सही कार्य भएको बताउँदै हालमा डुवर्समा बस्ने आदिबासीहरुलाई मोर्चाले सही मार्ग हिडाउदै गरेको जनाए | प्राधिकरणको निम्ति राज्य सरकारले वर्षेनी दार्जीलिंगको तीन वटा महकुमालाई मात्र दुई सय करोड फिनु सानो कुरो होइन तर यसको प्रयोग यहाँको बिकासको निम्ति सठीक ठाउँमा हुन्पर्छ | आज रम्बी सरकारी अस्पताल नवनिर्मित हुनमा सबै भन्दा ठुलो श्रेय स्थानीय समाजसेवी व्यक्ति गोपाल प्रधानलाई जान्छ उनको प्रयाशमा रम्बीमा पुरानो १० वटा पलंग भएको सरकारी अस्पताल बनिएको हो र आज यहाँ सम्म आएर ३० वटा पलंग भएको सरकारी अस्पताल बनिनुमा पनि गोपाल प्रधानलाई नै श्रेय जान्छ | उनले मोर्चा हाइवे ब्लक कमिटि अनि रम्बी शाखाका युवा भाईहरुलाई इंगित गर्दै यहाँका युवाहरु जोशिला र एकता भएको कारण आज यस ठाउँमा असल अस्पताल बन्न सफल रहेको बताउँदै रम्बीमा बिकासको आधारमा दार्जीलिंग जिल्ला भरिमा एक मात्र फिसेरिंग पोइन्ट छ जसको अवस्था दिनप्रतिदिन जीर्ण हुदै जादैछ भने यसलाई पनि स्थानीय युवाहरुले ध्यान दिएर एकजुट भइ कर्मशील बनाउनुपर्छ | बिकाश भनेको गाउँ समाजमा नयाँ कुरा ल्याउनु हो , झोडा र नाला बनाउनु मात्र बिकाश होइन र यस ठाउँमा आज नयाँ अस्पताल बनिनु बिकाशको ठोस प्रमाण हो | यहाँको रम्बी बजार हाई स्कूललाई उच्चतर माध्यमिक बनाएर बिज्ञान विभाग संचालन गर्न सके भविष्यमा यस अस्पताललाई संचालन गर्ने हाम्रो भूमि पुत्र डाक्टरहरु निकाल्न सक्छौ जसले गर्दा अरुमाथि निर्भर रहनु पर्दैन - प्रधानले अझ थपे |
Post a Comment
We love to hear from you! What's on your mind?