सरकारले एक हप्ता भित्र सिन्कोना अस्थायी निर्देशकको नियुक्ति फिर्ता नलिए बगानबासी आन्दोलनमा उत्रिने

मंग्पू /२१ नोभेम्बर/केशर मोक्तान :- राज्य सरकारले कुइलेनविद डा० यु० के० सोमलाई सिन्कोना बगानको अस्थायी निर्देशकको रुपमा नियुक्त दिए पश्चात सिन्कोनाबासीमा असन्तुष्टि छाएको छ | यसै असन्तुष्टिलाई लिएर मंग्पू, रोंगो,मन्सोंग,लाठ पन्चर,सिटोंग सिन्कोना बगानमा व्यापक विरोध प्रदर्शन शुरु भएको छ | आज मंग्पूमा यहाँको पाँचवटा विभाग रेशेप, लाब्दा , मंग्पू, बीचकमान अनि रन्जु भेलीका बगान श्रमिक, कर्मचारीवर्ग स्थानीय बस स्ट्याण्डमा भेला भई नारा जुलुश गरेर विरोध प्रदर्शन गर्दै निर्देशक कार्यलय पुगे | सरकारले स्थायी निर्देशक सिन्कोना बगानमा नियुक्त झट्टै गर्नु पर्छ , डा० सोम गो ब्याक आदि नाराहरुले सिन्कोना बगानै थर्काए | 
जुन  रयाली निर्देशक कार्यलयमा पुगी एक सभामा परिणत भयो | सभालाई संचालन गर्दै दार्जीलिंग तराई डुवर्स प्लान्टेसन लेबर युनियन सिन्कोना जोन केन्द्रिय समिति सचिव गगन राईले सिन्कोना बगानमा सरकारले पुर्व जिम्मेवारी वाहक स्थायी निर्देशकको झट्टै नियुक्ति गर्नु पर्छ | सिन्कोना बगानलाई अहिले घरि अफ्ठ्यारो समस्या आइलागेको छ यसर्थ सम्पूर्ण सिन्कोना बगानको संग्रक्षण र जगेरको निम्ति गोर्खाल्याण्ड आन्दोलन संगै भूमि पुत्र निर्देशक चाहिन्छ भन्ने कुरा राखे | पहिलेको भूमिपुत्र  निर्देशक हुँदा सम्पूर्ण सिन्कोनाका श्रमिक , कर्मचारी , अधिकारीवर्गको हक र अधिकार दिलाउन सकेका थिए भने जीर्ण अवस्थामा पुगेको सिन्कोना बगानलाई कार्य संस्कार बढाई उद्धार गर्न सफल भएको थियो |  सरकारले अस्थियी रुपमा पठाएको निर्देशकलाई झट्टै फिर्ता लिनुपर्छ अनि स्थयी रुपमा पहाडको योग्य सक्षम अधिकारीलाई स्थयी निर्देशकको रुपमा चाडो भन्दा चाडो मंग्पू निर्देशक कार्यलयमा नियुक्ति गर्नु पर्छ | महिनामा एक दुई पल्ट कार्यलय आएर आफ्नो हस्ताक्षर गरि सिन्कोनाको अनि कारखानाको बिषयमा केही नसोच्ने अधिकारी डा० यु० के० सोम को अस्थ्यी निर्देशकको नियुक्तिलाई दार्जीलिंग तराई डुवर्स प्लान्टेसन लेबर युनियले घोर विरोध गर्दै कडा शब्दमा चेतवानी दिएको छ | 
अर्को वक्ता दार्जीलिंग तराई डुवर्स प्लान्टेसन लेबर युनियनकेन्द्रिय समिति सिन्कोना जोन सभापति गोपाल रुचालले सम्पूर्ण सिन्कोना बगान पाँच हजार तीन सय पचास मजदुरवर्गको हितमा राज्य सरकारले स्थायी निर्देशकको नियुक्ति गर्नु पर्छ | अस्थायी निर्देशकको नियुक्ति सात दिन भित्र फिर्ता लिने अल्टिमेटम दिदै यदि सरकारले तोकिएको दिन भित्र फिर्ता नलिए सम्पूर्ण सिन्कोना विभागको श्रमिक साथै दार्जीलिंग तराई डुवर्स प्लान्टेसन लेबर युनियनसित सम्बन्धित श्रमिकवर्गलाई लिएर वृहत आन्दोलन गर्ने चेतवानी दिए | यदि अस्थायी निर्देशकको भार गैर जिमीवारी व्यक्ति डा० सोमलाई दिन्छ भने उनको विकल्प मंग्पू  सिन्कोना बगान व्यवस्थापक सी० बी० थापालाई दिनु पर्छ भनि सभापति रुचालले माग गरेका छन् | मोर्चा मंग्पू जोन सचिव रतन लामाले डा० सोमको कडा शब्दमा आलोचना गर्दै स्थायी निर्देशकलाई नै राज्य सरकारले नियुक्ति गर्नु पर्छ भन्दै पुर्व निर्देशकले सिन्कोनामा जुन बिकासको रफ्तार ल्याएको छ त्यही रफ्तारलाई यथावत राख्न पर्छ भन्ने कुरा राखे | 
Read latest post filed under mungpoo news, regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.