गोरामुमो पार्टीको साङ्गठनिक बिस्तारको क्रम शुरु

Gorkha National Liberation Front flag
गोर्खा राष्ट्रीय मुक्ति मोर्चाले साङ्गठनिक सुदृढिकरणको कार्य आरम्भ गरेको छ। यसैक्रममा गोरामुमो समष्टी कमिटी गठनको क्रम निरन्तर चलिरहेको जानकारी आज पार्टी कार्यकर्ता प्रबीण शाक्यले दिएका छन्।

उनले बताएअनुसार हिज 23 नम्बर समष्टीको कमिटी गठन गरिएको छ। उक्त कमिटीमा दिपक प्रधान अध्यक्ष, उगेन मोक्तान अनि दिलीप राईलाई उपाध्यक्ष, माइकल कालिकोटे सचव अनि अभिजित सिन्हा सहसचिवको रूपमा चयन गरिएको जानकारी पनि उनले दिएका छन्।
समष्टी गठनको क्रमलाई जारी राखिने उनले बताएका छन् भने आफूहरूले दागोपाप अवधिमा छुट्याइएको समष्टीलाई नै मान्य ठहर गरेर सोही अनुरूप कमिटी गठन गरेको जानकारी पनि दिएका छन्।
अर्कोतिर गोरानिमोका एकजना कार्यकर्ता नवल छेत्रीले पनि गोरामुमोको सिद्धान्त अनि कार्यलाई देखेर आफू गोरामुमोमा सामेल बनेको बताएका छन्। छैटौं अनुसूचीको बारेमा जानकारी लिएपश्चात नै आफूले गोरानिमो त्यागेर गोरामुमोमा सामेल बनेको पनि उनले बताएका छन्।

http://www.gafsaff.com/

गोर्खा राष्ट्रीय मुक्ति मोर्चाले साङ्गठनिक सुदृढिकरणको कार्य आरम्भ गरेको छ। यसैक्रममा गोरामुमो समष्टी कमिटी गठनको क्रम निरन्तर चलिरहेको जानकारी आज पार्टी कार्यकर्ता प्रबीण शाक्यले दिएका छन्।

Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.