कालेबुंग कलेजले सरकारी पैसा आफुखुशी प्रयोग गरे अदालतमा लाने - तारा सुन्दास

डी के वाइबा; कालेबुंग 18 नोभेम्बेर:- कालेबुंग कलेजमा पुस्तकालय निर्माणको निम्ति सरकारबाट आएको पैसा कलेज संचालन समितिले कुनै टेण्डर नगरी नै यतिका दिनसम्म राखेको विवाद अझ चर्केर गएको छ। गार्जेन फोरमका सल्लाहाकार एंव माकपा नेता तारा सुन्दासले केही दिन अघि कालेबुंग कलेजमा आएको पैसा किन प्रयोग गरिएको छैन भन्दै सरकारबाट पुस्तकालयको निम्ति आएको पैसा कलेज संचालन समितिले बिना टेण्डर कलेजको खातामा राखेर सुद खाएको आरोप लगाएको थिए। सुन्दासले सरकारबाट पुस्तकालयको निर्माणको निम्ति आएको पैसा यथाशिध्र टेण्डर गर्नुपर्ने माग गर्दै यदि बिना टेण्डर पैसा प्रयोग गरे संचालन समिताका सचिव अनि अध्य्क्षलाइ अदालतमा लाने पनि चेतावनी दिएका थिए । सुन्दासले लगाएको आरोप प्रति कलेज संचालन समिति अनि कलेजका प्राध्यापक डा. आर पी ढकालले समेत स्पष्टीकरण दिदै सुन्दासले लगाएको सबै आरोफरुको खण्डन समेत गरेका थिए। डा ढकालले सरकारबाट आएको पैसा कलेजको संचालन समितिले प्रयोग नगरेर बिल्डिंग संचालन समितिले प्रयोग गर्ने अनि यसको पुरा लेखा जोखा समेत रहने बताएका थिए। यो बिद्यार्थीहरुको निम्ति आएको पैसा रहेको बताउँदै यसलाइ बिल्डिंग निर्माण समितिले प्रयोग गर्न सक्ने कुरा पनि डा ढकालले बताएका थिए। कलेज पक्षबाट दिएको उक्त स्पष्टीकरण प्रति असंतुष्ट बनेका सुन्दासले आजा पुन पत्रकार सम्म्लेन आयोजना गरेर कलेजले सरकारी पैसाको नियम अनुरुप प्रयोग गर्न नचाहेको आरोप लगाएका छन । कलेजले सरकारी पैसा आफुखुशी प्रयोग गर्न नपाउँने आफ्नो अडान दोहोर्याउँदै यदि नियम अनुरुप काम नगरे अदालतमा लाने पुन चेतावनी दिए। तिनले कलेजमा बिद्यार्थीहरुको निम्ति आएको पैसा कतिपय मानिसहरुले आफ्नो फाइदाको निम्ति आज सम्म प्रयोग नगरेर राखेको पनि आरोप लगाए। सरकारी पैसा कसैले पनिओ बिना टेण्डर प्रयोग गर्न नपाउँने नियम रहेको देखाउँदै किन कलेजले नियम अनुरुप काम गर भन्दा गर्न नचाहेको भनि प्रश्न गरे। तिनले विद्यार्थीहरुको निम्ति आएको पैसामा कतिपय मानिसहरुले आफ्नो ब्यक्तिगत खर्चा गरेको पनि आरोप लगाउँदै आवश्यक परे सबुत समेत देखाउँने पनि सुन्दासले जनाए। कलेजले आफुखुशी सरकारी पैसा प्रयोग गर्न नपाउँने नियम रहेको टोकुवा गर्दै यहाँ कतिपय मानिसहरु पैसामा राल काटीरहेको पनि आरोप लगाए ।
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.