सिन्कोनामा स्थायी निर्देशकको नियुक्ति गर्नु पर्छ - सागर लामा

मंग्पू/केशर मोक्तान : सिन्कोना बगानमा राज्य सरकारले झट्टै स्थायी निर्देशकको नियुक्ति गर्नुपर्छ भनी मोर्चा हाइवे ब्लक कमिटिका संयोजक सागर लामाले माग गरेको छ | राष्ट्रीय राजमार्ग ३१ ए लोहापूल सुन्तले क्षेत्र पनि सिन्कोना बगानको अधिनस्त रहेकोले पुर्व निर्देशक डा० ज्ञान चन्द्र सुब्बाले स्थानीय बासिन्दाहरुलाई धेरै नै सहयोग पुराएको बताउँदै स्थानीय पुर्व निर्देशकको कार्यकाल अवधि राज्य सरकारले चाडै बद्दोतरी गर्न पर्ने संयोजक लामाले बताएका छन् | पहिले पनि राज्य सरकारले सिन्कोना बगानमा अस्थायी निर्देशक नियुक्त गरेर बगानलाई जीर्ण अवस्थामा पुराएको संयोजक लामाले अआरोप लगाउँदै  मोर्चाका ट्रेड युनियन दार्जीलिंग तराई डुवर्स प्लान्टेसन लेबर युनियनको प्रयाशमा सिन्कोना बगानमा भूमिपुत्र निर्देशक नियुक्त गराउन सफल  रहेर यस क्षेत्रमा धेरै नै बिकाशमुलक कार्यहरु भएको बताए | राज्य सरकारले अस्थायी निर्देशकको रुपमा मंग्पू  कुइलेन कारखानाका कुइलेनविद  डा० यु० के० सोमलाई नियुक्ति गरेकोमा घोर आपत्ति जनाउदै सरकारले सिन्कोना बगानमा यथासिग्रह स्थायी निर्देशक नियुक्ति गर्न पर्ने बताएका छन् | यदि सरकारले अस्थायी निर्देशकलाई एक हप्ता भित्र नहटाए दार्जीलिंग तराई डुवर्स प्लान्टेसन लेबर युनियनले बृहत रुपमा आन्दोलन गर्ने चेतवानी दिएका छन्  भने त्यस आन्दोलनलाई मोर्चा हाइवे ब्लक कमिटिले पूर्ण सहयोग गर्ने भएको छ | अर्कोतिर बिशेष सुत्र द्वारा थाहा लागे अनुसार पुर्व भूमिपुत्र निर्देशक डा० सुब्बाको कार्यकाल अवधि बढोत्तरी गर्ने विषयमा राज्य सरकारको हर्टिकल्चर विभागमा कागज पत्र चलिरहेको कुरा छ | उनको कार्यकाल अवधि केही समयकाल सम्मको निम्ति बढ्ने सम्भावना रहेको थाहा लागेको छ | यस विषयमा निर्देशक सुब्बासित जान्न चाहदा हालमा उनी  कोलकातामा रहेको कारण कुनै सम्पर्क हुन सकेन |
Read latest post filed under mungpoo news

Post a Comment

Post a Comment

We love to hear from you! What's on your mind?

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

Contact Form

Name

Email *

Message *

Powered by Blogger.