हाइवे/२७ नोभेम्बर/केशर मोक्तान : हाइवेबासीको पहिलो मुद्दा नै गोर्खाल्याण्ड अनि दोश्रो छुट्टै हाइवे समष्टि :- मंग्पूमा ८ दिसम्बरमा हुने जनसभापछि युवा मोर्चाले हाइवेबाट गोर्खाल्याण्ड आन्दोलन शुरु गर्ने घोषणा हिज रम्बी बजार सार्वजनिक भवनमा आयोजित सभालाई सम्बोधन गर्दै युवा मोर्चा केन्द्रिय समिति मूल सचिव प्रियवर्धन राईले गरेका छन् | गोजमुमो हाइवे ब्लक कमिटिको आयोजनामा भएको सभामा सचिव राईले जीटिएको विरोध पनि नगर्ने समर्थन पनि नगर्ने भन्दै गान्धीवाद नीतिमा अहिंसात्मक आन्दोलन गर्ने बताउँदै मोर्चा अध्यक्ष बिमल गुरुङको साथ लिएर काम गर्ने बताए | यस पल्टको आन्दोलन हाइवेबाट शुरु गर्ने भएकोले यस क्षेत्रका सम्पूर्ण सेवक देखि रम्फू सम्मका युवाहरु एक भएर आन्दोलनमा साथ दिने आह्वान पनि राईले गरेका छन् | उनले हाइवेका युवाहरुलाई आन्दोलनको निम्ति तयार भएर बस्ने आह्वान गर्दै सेवक देखि रम्फूसम्म हाइवेबासीको अलग समष्टिको मागमा पनि युवा मोर्चाले साथ दिने अनि यहाँको जनताको निम्ति अलग समष्टिको माग सही रहेको जनाए | रम्बी गोजमुमो शाखा सभापति मनभरणसिंहको अध्यक्षतामा सम्पन्न भएको सभामा महा सचिव प्रियबर्धन राईले युवा मोर्चाले गान्धीवाद नीतिमा अहिंसात्मक आन्दोलन गर्ने तर परिस्थिति आयो भने माटो र चिन्हारीको निम्ति शस्त्र पनि उठाउन सक्ने चुनौतीपूर्ण घोषणा गरे | जीटिएले अलग राज्य गठनको निम्ति बाधा दिन्छ भने युवा मोर्चाले जीटीएलाई पन्साएर गोर्खाल्याण्ड आन्दोलनको निम्ति अघि बढ्ने बताउँदै यस क्षेत्रमा गोरामुमोको २१ सालको अव्यवस्थित शासन अनि मोर्चाले टतीन वर्ष देखि गरिरहेको गोर्खाल्याण्डको आन्दोलनले पहाडको बिकाश ठप्प रहेको हुनाले यस क्षेत्रमा बिकाश पनि हुन अनिवार्य रहेको र जीटीएको माध्यमबाट बिकाश हुने आस्था रहेकोले नै युवा मोर्चाले जीटीएको विरोध नगर्ने बताए | दिलिप छेत्रीले संचालन गरेको सभामा सेवक देखि रम्फू सम्मका पार्टीका शाखा प्रशाखाका कार्यकर्ताहरु उपस्थित थिए | सचिव राईले विपक्षीहरुले जीटीए माथि गरेको आलोचना नाटक मात्र रहेको बताउदै विपक्षीहरु क्षेत्रीय पार्टी रहेकोले कुनै पनि प्रतिक्रिया नगर्ने अनि मोर्चा राष्ट्रिय स्तरको पार्टी रहेकोले राष्ट्रिय स्तर कै दिमाग लिएर काम गर्ने बताए | हालमा युवा मोर्चाले गोर्खाल्याण्डको निम्ति गरिरहेको आन्दोलनमा देशभरिका मोर्चाका शाखा - प्रशाखाबाट सहयोग पाइरहेको राईले जनाए |
सचिव प्रियबर्धन राईको अगुवाईमा आज हाइवे ब्लक कमिटि युवा मोर्चा गठन गरियो जसमा बिशाल राई अध्यक्ष , श्याम बस्नेत उपाध्यक्ष , जितें छेत्री सचिव, जयकश लामा सह सचिव . सुरज छेत्री कोषाध्यक्ष लगायत अन्य २३ जना युवाहरुलाई सदश्यको रुपमा चयन गरियो भने हाइवेबाट बिशाल राईलाई केन्द्रिय समिति युवा मोर्चा सदश्यको रुमा छनौट पनि गरियो | अर्को वक्ता मोर्चा हाइवे ब्लक कमिटिका अध्यक्ष सागर लामाले युवा मोर्चाले शुरु गरेको गोर्खाल्याण्ड आन्दोलनलाई हाइवेबासीले दिलोज्यान दिएर सहयोग गर्ने बताउँदै हाइवे बासीको पहिलो मुद्दा नै गोर्खाल्याण्ड अनि दोश्रो छुट्टै हाइवे समष्टि रहेको जनाए | उनले पहिले पनि हाइवेबासीले पूर्ण समर्थन गरेतापनि अहिले सम्ममा हाइवेबासीले न्याय नपाएको बताउँदै अब फेरि पनि हाइवेबासीलाई धोका हुनु हुदैन अनि झट्टै छुट्टै हाइवे समष्टि गठन हुन पर्ने बताए | युवा मोर्चा हाइवे ब्लक कमिटिका सभापति बिशाल राईको भनाइ अनुसार इजिप्टका युवाहरुले इन्टरनेटको माध्यमबाट क्रान्तिकारी आन्दोलन गर्न सफल भए झैँ यहाँबाट पनि प्रावधिक तथा तकनिकीय आन्दोलनहरु गरिए अझ सफलताको दुरी नजिक हुने बताएका छन् भने यसैलाई मध्यनजर गर्दै गोर्खाल्याण्ड आन्दोलनलाई थप उर्जा दिन हाइवे ब्लक कमिटिले आफ्नै वेबसाइट खोल्ने पनि बिशाल राईले बताएका छन् |
सभाको शुरमा महात्मा गान्धीको तस्वीरमा सचिव राइको बाहुलीबाट दीप प्रजलन गरियो भने सभामा हाइवे ब्लक कमिटि सचिव सचिन छेत्री लगायत युवा मोर्चा केन्द्रिय समितिबाट अस्वीन चौहान , जितेन्द्र राई , शुशिल राई लगायत पार्टीका अर्जुन तामांग , शरण छेत्री र जितेन्द्र छेत्रीले पनि सभालाई सम्बोधन गरे |
Post a Comment
We love to hear from you! What's on your mind?