मंग्पू/२७ नोभेम्बर: आज स्थानीय सनराइज नर्सरी स्कूलमा मंग्पू लाठ - पन्चर समष्टि युवा मोर्चाको महत्वपूर्ण सभा शेखर थापाको अध्यक्षतामा सम्पन्न भयो | समष्टि युवा मोर्चा मूल सचिव सुजम छेत्रीले संचालन गरेको सभामा सर्वप्रथम गोजयुमो केन्द्रिय समितिका कर्मठ सदश्य उर्गेन शेर्पाले सम्बोधन गर्दै आगमी दिनमा शुरु हुने गोर्खाल्याण्डको आन्दोलन उदघोषणा मंग्पूमा हुने केन्द्रिय समिति युवा मोर्चाको निर्णय बारे सबैलाई अवगात गराए र उक्त दिन सम्पूर्ण शाखा प्रशाखाबाट व्यापक रुपमा युवा जमात हुने अनुरोध राख्दै सभामा उपस्थित शाखा प्रशाखाका प्रतिनिधिहरुलाई गोर्खाल्याण्डको आन्दोलन बारे हरेक वार्डमा गएर युवाहरुलाई अवगात गराउने अनुरोध गरे | आगमी १८ दिसम्बरमा हुने विराट समावेश बारे केन्द्रिय समितिका अन्य नेतृत्व पनि मंग्पू आउने जानकारी सभामा सुनाए |
वक्तव्यको क्रममा मंग्पू लाठ पन्चर समष्टिका उप सभापति अनित खातीले सम्पूर्ण युवावर्गलाई मानशिक र शाररिक रुपमा तयार भइ योद्धाको रुपमा उत्रने आह्वान गरे |
अर्का वक्ता दयानन्द राई सभापति गोजयुमो मंग्पू जोनले केन्द्रिय समिति युवा मोर्चाको यो आन्दोलनको टेकलाई स्वागत एवम समर्थन जनाउदै देश काल अनुरुप सम्पन्न हुन लागेको विराट सभा अनि मंग्पूबाट आन्दोलनको शुरुवात ऐतिहासिक रहने बिचार राखे |
यसै सन्दर्भमा खर्सांग महकुमा समितिका सदश्य निश्चल राईले गोजमुमो अध्यक्ष बिमल गुरुङले विश्वास गरेर युवा मोर्चालाई यो आन्दोलान अघि बढाउने अवसर दिएकोले खुबै निष्ठापूर्वक यसलाई निभाउने अनुरोध युवाहरुलाई राखे |
अन्य वक्ताहरुमा प्रदीप छेत्री सचिव गोजयुमो मंग्पू जोन , शुशिल राई ( सिटोंग ब्लक कमिटि ) लाठ पन्चर युवा मोर्चा ब्लक कमिटिका अध्यक्ष विजेन्द्र छेत्री , राकेश राई ( शेल्पू ) सन्दीप राई विकाश गुरुंगले पनि आफ्ना महत्वपूर्ण वक्तव्य पेश गरे अनि अन्तमा समष्टिका अध्यक्ष शेखर थापाले सम्पूर्ण युवा जमात पुन: आत्मिक तयार भएर बस्ने अनुरोध गरे भने १८ दिसम्बरको सभा निर्धारित दिनमा नभएर अघि अथवा पछि पनि हुन सक्ने संकेत दिदै विराट जनसमावेशमा सम्पूर्ण युवा भेला भइदिने अनुरोध गरे | सभामा समष्टिको मूल कोषाध्यक्ष सगें तामांग लगायत व्यापक युवा भेला भएका थिए |
Post a Comment
We love to hear from you! What's on your mind?