हाइवेवासीले काम नपाए १ दिसम्बरदेखि चेक पोस्ट बन्द गर्ने

हाइवे/२८ नोभेम्बर/केशर मोक्तान : राष्ट्रीय राजमार्ग ३१ ए अन्तर्गत पर्ने रम्बी बजारको रेगुलेटेड मार्केट कमिटि चेकपोस्ट गत ६ महिना अघि देखि सेवक   बजारमा सारिएर सुचारुरुपले संचालन भइरहेको थियो भने हालमा आएर उक्त आरएमसी चेकपोस्ट बन्द गर्ने चेतवानी मोर्चा हाइवे ब्लक कमिटिका सह सचिव राजु लामाले दिएका छन् | सह सचिव लामाले बताए अनुसार उक्त आरएमसी चेकपोस्ट सेवक बजारमा ल्याउन अघि स्थानीय हाइवेबासी छ जना युवाहरुलाई सरकार द्वारा नोकरी दिने आस्वासन दिएका थिए भने आजसम्म पनि सरकार द्वारा यहाँका बेकारी युवाहरूलाई काममा लगाइदिने  आस्वासन पुरा नभएकोमा उक्त आरएमसी १ दिसम्बरदेखि बन्द गर्ने जानकारी सह सचिव राजु  लामाले दिएका छन् | लामाले सरकारले सेवकको जनतालाई मोहरा बनाएर काम गरिरहेको आरोप लाउदै यस आरएमसी चेकपोस्ट कालेबुंग महकुमा अन्तर्गत पर्ने हुनाले उनीहरुले सिक्किम र कालेबुंग महकुमाबाट आउने यानबहानको मात्र कर लिन सक्ने बताउँदै हालमा ती चेकपोस्टमा खर्सांग महकुमा अन्तर्गत पर्ने सिटोंग ३ का यानवहानबाट पनि भारी मात्रामा कर उठाईरहेको आरोप लगाएका छन् | चेकपोस्टका कर्मचारीवर्गले सिटोंग बस्तिका कृषक दाजु- भाइले आफ्नो जीविका आर्जनको निम्ति घरेलु उप्जाउ गरि बारीको साग सब्जी सिलिगुडी तर्फ बेच्न लैजादा पनि अन्यायपूर्वक कर भुक्तान गर्न लगाईरहेको आरोप छ | हाम्रो मान्छेले काम पाउनु ठुलो कुरा हो र यदि स्थानीय हाइवेवासी युवाहरुले काम नपाए उक्त चेक पोस्ट आगमी १ दिसम्बर देखि बन्द गर्ने चेतवानी राजु लामाले एक विज्ञप्ति मार्फत दिएका छन् |
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.