Gorkhaland Demand - Task Force to start Fresh Gorkhaland Agitation

अब टास्क फोर्सले ताजा गोर्खाल्याण्डको आन्दोलन शुरु गर्ने
28 नोभेम्बर/कालेबुङ/प्रदीप लोहगुन :- मोर्चाले जीटीए ग्रहण गरेर अलग राज्यको आन्दोलनलाई शिथिल बनाएपछि अब भारतीय गोर्खा परिसंघले गोर्खाल्याण्डको ताजा आन्दोलन शुरु गर्ने निर्णय लिएको छ। परिसंघ अधिनस्थ गोर्खाल्याण्ड टास्क फोर्सको यस हैसेलाई पहाडका चारवटा गोर्खाल्याण्डपंथी दलहरुले होस्टे गर्ने घोषणा गरेका छन। भागोपको संयोजनमा आज कालेबुङमा डाकिएको बैठकमा पहाडका अलग राज्य माग्ने दलहरु क्रामाकपा, अभागोली, गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा अनि गोरामुमो सीबीच टास्क फोर्सको नेतृत्वमा हुने आन्दोलनमा सहभागी बन्ने सहमति बनेको छ। यहाँको दिशा भवनमा सम्पन्न लामो बैठकमा  भागोप र यी चार दलहरुबीच नयाँ आन्दोलनको रुपरेखा र रणनीतिबारे आरम्भिक चरणको चर्चा र छलफल भएको छ। आजको बैठकमा भागोपका कार्यकारी अध्यक्ष डा एनोसदास प्रधान, महासचिव सुखमन मोक्तान, क्रामाकपाका महासचिव तारामणि राई, गोर्खालीगका महासचिव लक्ष्मण प्रधान, गोरामुमोसीका संयोजन डी के प्रधान अनि गोरानिमोका अध्यक्ष दावा पाखरिन उपस्थित थिए। टास्क फोर्सले गोर्खाल्याण्डको एक सूत्री कार्यक्रमलाई अघि बढाउँदै सडक ,संसद र बौद्धिक स्तरमा कार्यक्रमहरु गर्ने तय गरेको भागोपका कार्यकारी अध्यक्ष डा एनोस दास प्रधानले बताएका छन। भागोप र चारवटा दलका प्रतिनिधिहरु सामेल रहने टास्क फोर्सले आगामी 8 दिसम्बरमा दिल्लीमा हुने बैठक पछि आफ्नो कार्यक्रमहरु सार्वजनिक गर्ने डा प्रधानले मिडीयालाई बताएका छन। यद्यपी भागोपको यस सामुहिक नेतृत्वको पहलप्रति मोर्चाले भने कुनै चासो देखाएको छैन। मोर्चाको युवा संगठन आफै अलग राज्यको मागलाई अघि बढाउने कसरतमा जुटेको छ भने यता मोर्चाको विरोधीका रुपमा मानिने राजनैतिक दलहरु भागोपले तैयार पारेको साझा मञ्चबाट अलग राज्यको आन्दोलनलाई तीव्र पार्ने कार्यमा जुटेका छन। साझा मञ्च र सामुहिक नेतृत्वको तितो अनुभव रहेको पहाडमा अब यस नयाँ साझा मञ्चले सफलता र उपलब्धी हासिल गर्ने कुरामा पनि केही राजनीतिसचेत मानिसहरुले सन्देह प्रकट गरेका छन।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.