ट्रकको धक्काले कालेबुंग डम्बर चौक मै विकाश योगीको मृत्यु

कालेबुग/डी० के० वाइबा :-  ट्राफिक नियमको अवमान्य गर्दा आज कालेबुंग शहरको मुटु मानिने डम्बर चौकमा नै एकजना व्यक्तिले आफ्नो ज्यान गुमाउँन परेको छ | घटना बिहान लखभग   ९ बजे भएको हो | यहाँ डम्बर चौकमा WB 71A-0667 नम्बर भएको ट्रकको धकका लाग्दा पाब्रिंगटार निवासी विकाश योगी (४०) ले घटना स्थल मै प्राण त्यागे | जानकारी अनुसार विकाश योगी आफ्नो ब्यांकको कतिपय काम लिएर परिवार सितै कालेबुंग आएका थिए | उनका परिवारका मानिसहरु दार्जीलिंग मरौमा जान कालेबुंग आएका थिए भने मृतक योगी भने ब्यांकको काम सकेर घर फर्किनेयोजनामा  थिए |  तर उनको आफ्नो ब्यांकको काम गर्न अघि नै दुर्घटनामा परेर ज्यान गुमाउँन परयो | कालेबुंग शहर आइपुगेका योगी यहाँको बस स्ट्याण्ड तर्फ गैरहेका थिए | सोही समय विपरित दिशाबाट आइरहेको ट्रकको चपेटमा परेर उनले घटना स्थल मै प्राण त्यागे | दुर्घटना पछि ट्रकका चालक अन्जीत मंगरलाई पुलिसले पक्राउ गरेको छ भने ट्रक पनि आफ्नो कब्जामा लिएको छ | शहरको मुटु मानिने डम्बर चौक परिसरमा नै दुर्घटना भएर ज्यान गुमाएपछि शहरको ट्राफिक व्यवस्थामा गतिलो प्रश्न उठेको छ | एकातिर ट्राफिक कर्मी ड्युटीमा तैनाथ हुन्छन् भने अर्को तर्फ तैनाथ पुलिस कर्मीको अघि नै यस्तो घटना भएर निर्दोष मानिसले ज्यान गुमाउनु पर्दा दोष कसको भन्ने प्रश्न उठेको छ | यस दिशातर्फ ट्राफिकको नियम अमान्य गर्दा नै यस्तो दुर्घटना भएको हो अनि यसमा ट्राफिक पुलिसको पनि उत्तिकै गल्ति देखा परेको छ | एकातिर केही दिन अघि मात्र विभिन्न संघ संस्था र प्रशासनका अधिकारीवर्ग मिलेर कालेबुंगको ट्राफिक व्यवस्था सुव्यवस्थित पर्न नयाँ नियम समेत बनाएको छ भने उक्त नयाँ नियम गत १ नोबेम्बर देखि कार्यनवय समेत गरिएको छ | तर आज भएको दुर्घटनाले उक्त ट्राफिक नियम सरासर उल्लङ्घन भएको छ | कालेबुंग महकुमा अधिकारी द्वारा गत २३ सितम्बरको दिन जारी पत्र MO nmbr. 270 (6) अनि मोटर भिकल विभाग दार्जीलिंग द्वारा जारी पत्र संख्या ३१७ लगायत जिल्ला शासक द्वारा जारी पत्र संख्या २२ मा कालेबुंग शहरमा ट्रकहरुको चलाचल बिहान ६ बजे देखि ९ बजे सम्म अनि बेलुका २ बजे देखि ४ बजे सम्म पूर्ण रुपले बन्द गर्नु पर्ने नियम रहेको छ  | यस अतिरिक्त में लाइनमा जाने ट्रकहरुलाई भने बिहान ९ बजे सम्म शहर छोड्नु पर्ने नियम रहेको छ | तर आज बिहान भएको दुर्घटना भने ९.१५ बजे भएको हो जुन समयमा ट्राफिक नियम अनुरुप ट्रकको चलाचल प्रतिबन्ध लगाएको छ | यसरी प्रतिबन्ध समयमा कसरी ट्रकलाई शहरमा कुद्न दिईयो भन्ने अहिले उतर विहिन प्रश्न अल्झेको छ | 
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.