गोरानिमो प्रमुख दावा पाख्रिनले तोडे मौनता

कलेबुग 5 नोभेम्बर : डि के वाइबा- गोर्खाल्यण्ड राज्य निर्माण मोर्चा(गोरानिमो) अध्यक्ष एव पुर्व पार्षद दावा पाख़्रिनले धेरै दिनपछि आफ्नो मौनता तोडेको छ। तिनी आज आफ्नो द्लबल सहित यहाँको ड्म्बर चौक आइपुगेका थिए। यस अवसरमा तिनका समर्थकहरुले शहरमा पोस्टरिंग पनि गरे। आज दम्बर चौकमा आइपुगेका पाख्रिनले पत्रकारहरु संग कुराकानि पनि गरे। तिनले पत्रकारहरु संग कुराकानि गर्दै तेलेंगना राज्य केहि पछि गठन हुने दाबि गर्दै तेलेंगना राज्य गठन हुँदा गोर्खाल्यणड राज्य पनि  छुट्न नहुने बताए । हालै प्रधान मंत्रि मनमोहन सिहले तेलेंगना राज्य गठन हुनमा केहि बिलम्ब हुने बताएको भन्दै यता गोर्खाल्याण्डको कुराभने नगरेको पनि तिनले बताए। एकातिर छुट्टै राज्य तेलेंगना हुनछ भने गोर्खाल्याण्ड पनि संगै हुनपर्ने कुरामा तिनले जोड दिए। यदि तेलंगना गठन गरेर यता छुट्टाए भने गोरानिमोले आन्दोलन तिब्र गर्ने पनि पाख्रिनले बताए। तिनले पत्रकार्ह्रु संग कुराकानि गर्दै अब गोरानिमोले चारैतिर कायर्यक्रम शुरु गर्ने पनि जनाए। तिनले हाल गोजमुमो र आदिबासी बिकाश परिषदको मिलन समबन्धमा टिप्पणी गर्दै यस्तो मिलन पहिलेनै हुन आवश्यक थियो भने। अहिले आबिप र मोर्चाको मिलन राज्नैतिक मिलन रहेको बताउँदै यो राज्नैतिक फाइदाको निम्ति हो भने। तिनले यदि छुट्टै राज्य निर्माण हुनछ भने त्यो ताराइ र डुवर्स बिना स्विकार नगरिने पनि स्पष्ट पारे। तराइ र डुवर्स दार्जीलिंगको ऎतिहासिक भु भाग रहेको जनाउँदै भारत सरकारले ऎतिहासिक त्यथ्यलाइ लिनु पर्ने माग गरे। भारत भरि छरिएर बसेको गोर्खाहरुको राष्ट्रिय चिन्हारी केवल छुट्टै राज्यले मात्रले मात्र बोक्न सक्ने दाबी गर्दै मोर्चाले मागेको जिटीएले बोक्न नसक्ने पनि बताए। तिनले जिटीए र जि एण्ड एटीएमा कुनै प्रतिक्रिया व्यक्त गर्न नचाहँदै आफुले टिप्पणी गर्दा मोर्चाको राज्नैतिक कार्यक्रमको ख़िल्ली उडाएको जस्तो हुने भएको कारण कसैको पनि राज्नैतिक कार्यक्रमको खिल्ली नगर्ने पनि तिनले बताए। अर्कोतिर पाख्रिनले दिसम्ब्ररमा हुने नगरपालीका चुनावको कुनै अर्थ नरहेको भन्दै बंगालको कानुनमा हुने कुनै पनि चुनावहरुमा आफुलाइ कुनै सरोकार नरहेको ज्नाए। तिनले यदि जिटीए वा कुनैपनि ब्यवस्था भित्र यहाँकै कानुनमा चुनाव भएको मात्र आफ्नु दलले पनि चासो राख्ने थियो भन्दै अहिले हुनए चुनावमा दलको कुनै सहभागी नरहने संकेत दिए।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.