छत्रे सुब्बाका छोरा सन्तोष सुब्बाले पाए छुटकारा जमानतमा

कालेबुंग/डी०के० वाइबा :- कालेबुंग मोटर स्ट्याण्डमा गत २६ जुलाईमा उतर बंग परिवहन निगम (एनबीएसटिसी) बसमा भएको स्टोभ बमकाण्डमा आरोपी सन्तोस सुब्बालाई आज कालेबुंग अदालतले जमानतमा छुटकारा दियो |
सुब्बालाई आज अदालतमा पेश गरेपछि उनको पक्षमा वकिल टि० एन० भुटियाले जमानत अर्जी न्यायलयमा चडाएको थियो | न्यायलयले सुनवाई गर्दै तिनको जमानत याचिका स्वीकार गरेर छुटकारा दिएको छ | स्टोभ बम काण्डको आरोपमा पक्रा परेका जीएलओ प्रमुख छत्रे सुब्बाका छोरा सन्तोस सुब्बालाई गत ३० जुलाईको दिन कालेबुंग पुलिसले यहाँको रेली रोडबाट पक्राउ गरेको थियो | पक्रा परेका सुब्बा विरुद्ध आईपीसीको धारा ४३५/५११/४१५ अनि पब्लिक सम्पति र विस्फोटक पदार्थ प्रयोग गरेको अभियोगमा सेक्सन ३ अनि ४ अन्तर्गत मुद्दा दर्ता गरेको छ | पक्रा परेको १६ दिनमा जेलबाट मुक्त भएपछि आफ्नो परिवारसंग भेट्न पाउदा अत्यन्तै खुशी भएको तिनले बताए | आफ्नो बाबु छत्रे सुब्बा लकभग ११ वर्ष जेलमा बसेर मुक्त भइ घरमा आउँदा भेट्न समेत नपाएकोमा तिनले दुख व्यक्त गर्दै आफुलाई बिनाकारण पुलिसले पक्राउ गरेको तिनले दाबी गरे | कालेबुंग मोटर स्ट्याण्डमा भएको स्टोभ बम काण्डमा आफू संग्लग्न नभएको दाबी गर्दै आफुलाई फसाउने षड्यन्त्र भएको पनि सुब्बाले दाबी गरे | पुलिस प्रसाशनले बिनाकारण आफुलाई पक्राउ गरेर मानव अधिकारको हनन समेत गरेको तिनले दाबी गरे | बम काण्डको जिम्मेवारी लिने भूमिगत संगठनका मुखिया एम थेगिम  को हुन्  आफुलाई थाहा नभएको बताउँदै व्यर्थ मै थेगिम संग जोडेर पुलिसले पक्राउ गरेको पनि आरोप लगाए | अर्कोतिर थेगिमले प्रयोग गरेको सिम कार्ड सन्तोस सुब्बाको रहेको पुलिसले अगावै दाबी गरेको थियो | यस सम्बन्धमा सुब्बाले आफ्नो सिम कार्ड हराएको प्राथमिकी दर्ता थानामा गरेको प्रमाण समेत भएको दाबी गर्दै यो फसाउने षड्यन्त्र मात्र हो भने | आफूमाथि लागेको आरोपहरु सबै निराधार रहेको दाबी गर्दै यदि प्रमाण भए पुलिस प्रशासन देखाउनु पर्ने पनि बताए | यता सुबाको जमानत भएपछि उनका पत्नी ममता सुब्बाले खुशी व्यक्त गर्दै घरको कमाउने मान्छे पक्रा पर्दा अनेकौं समश्याहरु झेल्नु परेको बताए | आफ्नो स - साना नानीहरुको हेरचाह तथा घरेलु समस्याहरुले आफ्नो पतिको पक्राउ पछि पिरोलेको बताउँदै आज जमानत पाउँदा खुशी भएको बताइन | तिनले आफ्नो पति निर्दोष रहेको बताउदै न्यायलयले निश्चय न्याय दिने कुरामा आशावादी रहेको पनि बताइन | अर्कोतिर सन्तोस सुब्बाको पक्षमा वकालती गरिरहेका वकिल टि० एन० भुटियाले पनि सन्तोष निर्दोष रहेको दाबी गरे |
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.