बिस्फोटको जिम्मा लिने एम थेगिमको सुइँको समेत लगाउन सकेन

कालेबुंग/डी० के० वाइबा :- गत जुलाई २६ मा कालेबुंग बस स्ट्याण्डको  एनबीएसटिसी बसमा अज्ञात मानिसहरुले स्टोभ बम पड्काएर उदाउने दुसाहस गरेको थियो | उक्त घटनाको दुई दिन पछि भूमिगत संगठन यु० एल० ए० का प्रमुख एम थेगिम समाचार श्रोतहरुलाई सम्पर्क गरेर घटनाको जिम्मेवारी लिएका थिए | घटनाको जिम्मेवारी लिएको ठीक दुई दिन पछि गत ३० जुलाईको दिन कालेबुंग पुलिसले एम थेगिम पक्रन नसकेपनि छत्रे सुब्बाका छोरा सन्तोस सुब्बालाई पक्राउ गरेको थियो | सम्पर्क नम्बरको आधारमा सुब्बालाई पक्राउ गरेतापनि एम थेगिम र भूमिगत संगठन युएलए को कुनै रहश्य खुल्न सकेन | सुब्बालाई १६ दिन सम्म पुलिसले आफ्नो हिरासतमा राखेर सोध पुछ  गरेतापनि आज सम्म कुनै सुइँको समेत लगाउन सकेको छैन | एम थेगिम को हुन् पुलिस प्रशासनलाई समेत थाहा नभए पनि सुब्बालाई पक्रेर थेगिम सम्म पुग्ने दाबी पुलिसले गरेको थियो | तर आजसम्म घटनाको गुत्थी भने सुल्झिन सकेको छैन | न त पुलिसले थेगिम चिन्न सकेको छ न नै स्टोभ बम पड्काउने मानिसहरु नै अझ सम्म चिन्न नै सकेको छ | फरेन्सिक जाँच टोली, स्पेसियल जाँच टोली र आई जी लगायत अन्य उच्च अधिकारीहरु आएर घटनाको जाँच गरेपनि घटना र घटनाको जिम्मा लिने थेगिम भने अझै रहश्यमय बनेको छ | यता सिम कार्ड सन्तोष सुब्बाको रहेको पुलिसले दाबी गरेको भएपनि उक्त सिम कार्ड भने हराएको थानामा अगावै प्राथमिकी दर्ता समेत गरेको सन्तोष सुब्बाले दाबी गरेको छ | यस्तो अवस्थामा थेगिम सम्म पुग्न पुलिस प्रशासन सक्ला भन्ने प्रश्न निक्कै गहन बनेको छ | 
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.