कालेबुङ १६ नोभेम्बर : डी के वाइबा
अखिल भारतीय गोर्खालीग (अभागोली) पार्टीले पहाडको कुनै पनि नगरपालीका चुनाव नलड्ने घोषणा गरे पनि चुनावमाथि गिद्दे नजर भने राखिरहेको छ। चुनावमाथि गिद्दे नजर राखिरहेको लीगले आफुहरु चुनाव नलडे पनि चुनाव निर्बिरोध जित्ने गोजमुमोलाई भने चुनौति दिएको छ। मोर्चाको चुनावी राजनीतिलाई पाईला पाईलामा नजर गाडेका लीगले कालेबुङका पुर्व घोषित नगर अध्यक्ष एल बी परियारको उम्मेद्वारिता खारेज हुनपर्ने माग गरेको छ। अभागोली पार्टीका कालेबुङ समितिका अध्यक्ष त्रिभुवन राईले आज गोजमुमोको पुर्व घोषित अध्यक्ष परियारको नामङ्कन पत्र रद्द गरिनु पर्ने माग गर्दै चुनाव आयोगलाई पत्रचार गरेको छ। यसबारे लीगले महकुमा अधिकारिलाई पनि ज्ञापन चडाएको छ। लीगले एल बी परियार दार्जीलिङ जिल्ला स्कूल बोर्डका अद्यक्ष रहेको बताउँदै अनि तिनले वेतन समेत प्राप्त गर्ने गरेको दाबी गर्दै यस्ता ब्यक्तिहरू चुनामा उठ्नु चुनाव आयोगको नियम अवमान्य गरेको ठहर गर्दे नामङ्कन रद्द गर्नु पर्ने माग गरेको छ। यसबारेमा चुनाव आयोगलाई पत्र समेत पठएर लीगले जानकारी गरेको छ। उक्त बिषयमा आज अभागोली महासचिव प्रताप खातीले बताउँदै एल बी परियार चुनावमा उठ्न नपाउँने दाबी गरे। तिनले राज्य सरकारबाट बेतन प्रति महिना २५ हजार थाप्ने गरेको कुरा उल्लेख गर्दै सरकारको बेतन थाप्ने यस्ता ब्यक्तिहरुले चुनावमा भाग लिन नपाउने चुनाव आयोगको नियम रहेको पनि जनाए। चुनाव आयोगको सोहि नियम अनुरुप परियारको नामङ्कन रद्द गर्नु पर्ने माग गर्दै आज आयोगलाई पत्रचार गरेको पनि बताए। परियारलाई जिल्ला स्कूल बोर्डको अध्यक्षको पदमा बणगाल सरकारले नोटिफिकेसन समेत गारि गरेर नियुक्ति गरेको पनि खातीले दाबी गर्दै यस्ता ब्यक्तिको नामङ्कन चुनाव आयोगले जाँच गरेर रद्द गर्नु पर्ने माग गरेको छ।
अर्कोतिर उक्त बिषयमा एल बी परियारसित जान्न चाहँदा आफु जिल्ला स्कूल बोर्डको अध्यक्ष नरहेर उक्त बोर्डले बनाएको एउटा अस्थायी समितिको अध्यक्ष रहेको स्पष्टीकरण दिएका छन्। आफु अध्यक्ष रहेको बोर्ड नितान्त अस्थायी रहेको बताउँदै यसको कार्यकाल केवल एक वर्ष मात्र हुने गरेको पनि परियारले बताए। यस पदमा रहँदा कुनै बेतन नपाउँने दाबी गर्दै यो अवैतनिक पद रहेको पनि तिनले दाबी गरे। यसको निम्ति कुनै नियुक्ति पत्र समेत नहुने दाबी गर्दै कुनै वेतन पाउँने नियमहरु समेत नरहेको तिनले दाबी गर्दै आफुमाथि लगाइएका आरोपहरु झूटो रहेको पनि जनाए।
Post a Comment
We love to hear from you! What's on your mind?