मोर्चा प्रत्याशीहरु निर्विरोध बिजयी

16नोभेम्बर (कालेबुङबाट प्रदीप लोहागुणको रिपोर्ट):- पहाडका कूल चारवटा नगरपालिकाहरुमध्ये तीनवटामा गोजमुमोले चुनाउ अघि नै जीतको झण्डा गाडेको छ। दार्जीलिङ, खरसाङ र कालेबुङ नगरपालिका चुनाउमा मोर्चाबाहेक अन्य राजनैतिक दल र निर्दलीय प्रार्थीहरुले प्रतिस्पर्धा नगर्ने निर्णय लिएपछि चुनावी मैदानमा उत्रेका मोर्चा प्रत्याशीहरु निर्विरोध बिजयी भएका छन। यता, मिरिक नगरपालिकामा मोर्चाबाहेक 8 जना निर्दलीय प्रार्थीहरुले नामांकन जमा गरेका छन। मिरिक नगरपालिकाको कूल नौवटा वार्डहरु मध्ये आठवटा वार्डहरुबाट खडा भएका निर्दलीय उम्मेद्वारहरुले मोर्चालाई टक्कर दिने मन बनाएका छन। यसपालि पहाडका बिपक्षी राजनैतिक दलहरुले नगरपालिका चुनाउबाट टाडा बस्ने निर्णय लिएपछि मोर्चाले कुनै चुनावी कसरत नै तीनवटा नगरपालिकाहरुमा बोर्ड गठन गर्ने निश्चित भएको छ भने मिरिक नगरपालिकामा पनि मोर्चाको जीत तय मान्न सकिन्छ। तथापी मिरिक क्षेत्रमा गोरामुमोको अझ पनि धेरथोर पकड रहेको कारण यहाँका मोर्चा प्रार्थीहरुले प्राप्त गर्ने मतको आँकडा प्रभावित हुनसक्ने राजनीति सचेत मानिसहरुको अनुमान छ। पहाडको नगरपालिका चुनाउको इतिहासमा तीनवटा नगरपालिकाहरुमा कुनै एउटा दल निर्विरोध बिजय भएको सम्भवत यो पहिलो घटना हो। अन्य दलहरुले पहाडमा गणताञ्त्रिक अवस्थाको अभावमा चुनाउमा भाग नलिएको तर्क राखेका छन भने मोर्चाले जनाधारको अभावको कारण अरु दलले चुनाउमा भाग लिने सहास नगरेको प्रतिक्रिया जाहेर गरेको छ। दार्जीलिङको 32, खरसाङको 20 अनि कालेबुङको 23वटा नगरपालिका आसनहरुमा मोर्चाले निर्बिरोध जीत हासिल गरेको घटनाले यस दलका नेतृवर्ग र समर्थकहरु उत्साहित देखिएका छन।
जे होस, मोर्चाले जति सजिलोसँग नगरपालिका चुनाउ जीतेको छ, नयाँ बोर्डको गठनपछि नगरपालिका सञ्चालन गर्नु मोर्चाको निम्ति त्यति नै गाह्रो देखिन्छ। उसै पनि पहाडका चारैवटा नगरपालिकाहरुको अवस्था जर्जर छन भने पानी, सड्क, डम्पिङ ग्राउण्ड, मोटरस्ट्याण्ड जस्ता समस्याहरु नयाँ बोर्डको अघि चुनौति बनेर उभिएको छ।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.