चुनाव अघिनै बिपक्षी दलहरुले हात उठाएर गोजमुमोलाई वाक ओभर

कालेबुङ १४ नोभेम्बर ; डी के वाइबा- नगरपालीका चुनावलाई लिएर अहिले पहाडको राजनैतिक वतावरण तातिएको छ भने बिपक्षी पार्टीहरुको पानी मरुवा निर्णयले मोर्चा समर्थकहरुमा खुशीको लहर छाएको छ। यसपाली हुने नगरपालीका चुनावमा बिपक्षी दलहरुले मोर्चालाई सजिलै जित्न नदिन टक्कर दिने सम्भावना रहेको भएता पनि चुनाव अघिनै बिपक्षी दलहरुले हात उठाएर गोजमुमोलाई वाक ओभर दिएको भान भएको छ। क्रामाकपाले नगरपालीका चुनाव नलड्ने घोषणा अगावै गरिसके पछि अभोलीले मोर्चालई टक्कर दिने ब्यापक सम्भावना रहेको थियो। तर मानिसहरुले सोंचे भन्दा बेग्लै घोषणा गरेर लीगले पनि मोर्चा अघि आत्मसमर्पण गरेको छ। अब चुनाव लड्ने वा नलड्ने भन्ने बारेमा कंग्रेस पार्टी र माकपाको निर्णय मात्र अघि आउन बाँकि रहेको भएको छ।  आजसम्मको गतिविधी हेर्दा चाहीँ माकपा र कंग्रेस पार्टी पनि चुनाव नलड्ने सम्भावना नै बढी रहेको छ। बिपक्षी पार्टीहरुले नगरपालीका नलड्नुको कारण बेग्ला बेग्लै बताईरहेको भएता पनि वास्तविकता भने अरु नै रहेको राजनैतिक बिश्लेशकहरु बताउँछन्।  यता माकपा पार्टीका नेता तारा सुन्दासले नगरपालीका चुनाव लड्ने घोषणा त गरेका थिए अनि नामङ्कन पत्र समेत झिकेका थिए,तर आजसम्म तिनी मौन बसेका छन्। सुन्दासले ११ नोभेम्बरको दिन नै नामङकन पत्र भर्ने समेत घोषणा गरेका थिए तर नामङकन पत्र आजसम्म भरेका छैनन्। किन भरेका छैनन् त्यो थाहा नभएता पनि यतञ्जेल सम्म नभरेका कारण चुनाव लड्न नसक्ने सम्भावना बड्दै गईरहेको छ। तिनले कालेबुङ को २३ वटा नै वार्डहरुबाट माकपाले चुनाव लड्ने समेत घोषणा गरेका थिए तर आजसम्म उनका कोहि समर्थकहरुले नामङ्न पत्र लिएका पनि छैनन् । यता गोरामुमोले पनि सुटुक्कै नगरपालीका चुनावको निम्ति नामङ्कन पत्र भर्ने सम्भावना भएकै समयमा सुभास घिसिङले चुनाव नलड्ने घोषणा गरे पछि मोटा मोटि रुपमा गोजमुमो अघोषित बिजय बन्न पुगेको छ। गोजमुमो नेताहरुले यदि बिपक्षी पार्टीकाहरु पनि चुनावी मैदानमा ओर्ले बिगतको बिधानसभा चुनावमा झैं ह्याकुला मिचाई गरेर बिजय बनिने रणनीति बनाएको छ। यसको निम्ति बिभिन्न वार्डहरुमा आफ्ना कार्य कर्ताहरुलाई सक्रिय समेत पारेको छ। एकातिर गोजमुले नगरपालीका चुनावमा आफ्ना प्रतिद्वन्दीहरुलाई आरामले जित्ने कसरत गरेको छ भने अर्कोतिर बिपक्षी पार्टीहरु भने  चुनावमा प्रतिद्वन्दी गर्न अगावै हात उठाएर मोर्चाको अघि घुँडा टेकेको छ। गोजमुमोले यदि बिपक्षी दलहरुले नामङ्कन भर्न चाहेको खण्डमा उनीहरुको समर्थनमा फारममा सही गर्ने मानिसहरु पनि पाउँन गाह्रो परोस भनि भनेको थियो। कतै आफ्ना समर्थकहरुको कमी भएको कारण पनि बिपक्षी दलका नेताहरुले नामङ्कन पत्र भर्ने आँट नगरेका हुन् कि भन्ने आशंकाहरु पनि मानिसहरु गरिरहेका छन् । मानिहरुले जे भने पनि यता चुनाव नलड्ने घोषणा गर्ने क्रामाकपा, अभागोली अनि गोरामुमोले भने छुट्ट छुट्टै कारण बताएको छ। उनिहरुले चुनाव नलड्ने भनि बताएको कारण कतिसम्म तथ्यपरक छ भन्ने कुरा उनीहरुलाई नै थाहा भए पनि मोर्चा सित प्रतिद्वान्दीता गर्दा कतै लज्जाजनक हारको सामना गर्न पर्छ भनेर पो हुन् कि भन्ने प्रश्न पनि अल्झेको छ। बिगतमा बिधान सभा चुनावमा जसरी लज्जाजनक हारको समना गर्न परेको थियो ठीक त्यस्तै हारको सामना गर्न पर्छ भनेर चुनावी मैदानमा नअर्लीएको पनि हुन सक्ने राजनैतिक बिश्लेषकहरु बताउँछन्। आखिर के बाध्यता परिरहको छ चुनावमा भाग नलिन त्यो कसैलाई पनि थाहा नभए पनि चुनाव नलड्ने निर्णयले भने बिपक्षी दलहरुको पानी मरूवा निर्णय रहेको पनि बिश्लेषकहरु बताउँछन्।  वास्तवमा चुनावमा भाग लिएर मोर्चालाई टक्कर दिएको भए उनीहरुको दलीय  अस्तित्व समेत थाहा पाउने थियो तर यसो नगरेर चुनावमा समेत भाग नलिनु ती राजनैतिक दलहरुकै कमजोडी रहेको पनि उनीहरु बताउँछन्। चुनावमा भाग नलिएर मोर्चालाई लाभ त भएको छ नै तर यता चुनावमा भाग नलिने दलहरुलाई भने कतिसम्म फाइदा पुग्ने हो त्यो आगामी दिनले नै बाताउँने छ।
Read latest post filed under political news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.