संगीत सम्राट स्वगिर्य हजारिकाको अस्तु तृवेणिमा विसर्जन

कालेबुङ १४ नोभेम्वर: संगीतको सम्राट मानिने स्वगिर्य भुपेन हजारिकको संगीत लगायत अन्य विधमा पुर्यएको योगदानलाई कद्डर गर्दै हजारिकाको आशम निवासी श्रद्दालुहरुले आज उनको अस्तु टिस्टा नदिमा ल्याएर बिसर्जन गरे ।हजारिकाले आशममा मात्र नरहेर देश बिदेश सम्म  आफ्नो कला प्रदर्शन गरिसकेकाले देशको विभिन्न स्थान लगायत विदेशतिर पनि उनको अस्तु लागिएको थाह लागेको छ ।स्वगिर्य हजारिकले दाजीर्लिङ आएर धेरै चोटी आफ्नो कला प्रस्तुत गरिसकेको कारण नै उनको अस्तु टिस्टा नदिको तृवेणिमा ल्याएर विसर्जन गरेको आशम वासिहरुको भनइ छ ।आज स्वगिर्य हजारिकाको अस्तु विसर्जना गर्न्ना अगि तृवेनिमा मोर्चाको टिस्टा शाखाले एउटा श्रद्दन्जली कार्यक्रम आयोजना गरेको थियो उक्त कार्यक्रममा आशमका आशम गोर्खा सम्मेलन आग्सु अनि भागोप आशम शाखाका  प्रती निधिहरु उपस्थित थिए । कार्यक्रममा गोजमुमो लप्चुपेशोक समष्टी टिस्टा शाखा , अनि कालेबुङका भागोप प्रती निधिहरु पनि उपस्थित थिए ।कार्यक्रमलाई मोर्चाको उत्तर पुर्बीय सयोजक शुक बहादुर राईले सन्चालन गरेका थिए भने मोर्चा टिस्टा शाखा प्रमुख बिशाल राईले स्वागत सम्भाष्ण राखेका थिए ।आशम बाटा आएका भागोप अध्यक्ष पुष्प धार  शर्माले महानुभवलाई संगीत सम्राट स्वगिर्य हजारिकाको जिवनी बारे अवगत गराएका थिए ।उनी अनुसार स्वगिर्य हजारिकाको जन्म १ मार्च १९२६ मा आशमको सदियामा भएको थियो ।१० वर्षको उमेर देखिनै संगीतमा डुवेका हजारिकाले प्राय: सबै भाषामा गित शब्द सयोजन ,संगीत,गजल,आदी गरिसकेका छ्न् ।संगीतमा मात्र नरहेर चलचित्र जगत अनि साहित्यक जगतमा समेत बहुमुल्य योगधान प्रदान गरिसकेका हजारिकाले एक समय सामजिक कार्य गर्नहेतु विधाक सम्मा बन्न पुगेकाअ थिए ।उनले आफ्नो संगीत अन्तरष्टिय संगीत सम्मेलन मा पनि प्रस्तुत गरिसकेका छ्न  ।उनको मधुम्य संगीतको कारण उनलाई राष्ट्रीय पुरस्कारले विभुषित गरिसकेको थियो ।हजारिकाले सन् २००९ सालामा आफ्नै शालिगको पनि अनावरण गरेका थिए ।सन् १९६७ मा नेपाली साहित्य जगतका  कवी हरिभक्त कटुवालाले प्रदान गरेको गोर्खे टोपी मृत्यु पर्यन्त लगाएको साथै ह्जारिकले आशमी गोर्खेहरुको लोगा सस्कृतिलाई क्षेत्रीय स्तर देखी अन्त्रष्ट्रीय स्तर सम्म पुराएर नया आयम थप्न सक्ष्म बनेकाले उनको गोर्खाहरु सँग  छुट्टै  सम्वन्ध रहेको आशम वासिहरुको भनइ छ ।नेपाली संसार  पनि प्रसिद्द रहेको हजारिका २०१० साल देखी बिमारी  अवस्थामा थिए ।गत ५ नोभेम्वरको दिन उनले उपचाराधिन आवस्थमा अन्तिम स्वास लिएका थिए ।
Read latest post filed under assam and northeast, regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.