जिंगलाम चियाबारी अन्तर्गत सुर्योदय स्व निर्भर दल द्वारा नामरिंग अस्पतालमा सफाई कार्य

तक्दाह/२२ नोभेम्बर : स्वस्छ वातावरणमा स्वस्छ विचारको जन्म हुन्छ | आफ्नो परिवेशलाई स्वस्छ राख्ने प्रयाश गर्नु पर्छ भन्ने उदेश्य लिएर जिंगलाम चियाबारी अन्तर्गत सिन्दुरे धुरा सुर्योदय स्व: निर्भर दलले नामरिंग अस्पताल वरिपरी सफाई कार्य गरे | झयारले छोपेको मात्र होइन नाना थरिका काठ - कसिंगरले पुरेको अस्पताललाई गोड गाड चिरिच्याट पर्ने सुर्योदय स्व निर्भर दलले अस्पतालमा गएर उप्चारधीन रोगीहरुलाई फलहरु पनि वितरण गरे | यसै सन्दर्भलाई जोड दिदै कनवेनर पुष्पिला गुरुङले भनिन -- स्वस्छ वातावरणले रोगीहरुलाई उत्साहित गर्छ | डाक्टरको दवाई भन्दा सान्त्वनाबाट पनि रोगीलाई सधै जिउने प्रेरणा पाउने गर्छ | 
कोषाध्यक्ष संगीता प्रधानले जानकारी दिदै भनिन --२०१० मा स्थापित भएको सुरोदय स्व निर्भर दलले आय श्रोत भन्दा ज्यादा सेवा कार्य लाई नै बिशेष प्राथमिकता दिदै आएको छ | विभिन्न प्रकारका सेवा कार्यहरु गर्दै आफ्नो गाउँमा मात्र होइन अन्य गाउँहरुमा पनि उदाहरणीय काम गर्दै  आएको छ यो समुहले |
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.