एउटै साइतमा एकातिर भवनको विधिवत उद्घाटन गरियो भने सोही ठाउँमा पुग्ने ५ किलोमिटर प्रधान मन्त्री ग्रामीण सडक योजना द्वारा बाटोको थालनी पनि गरियो | विभिन्न प्रकारका विकट समस्याको घेरोमा चेप्टिन परेको तितो अनुभवहरु कार्यक्रमको छेकमा ओकल्दै केन्द्रमा सहायक इन चार्ज पुरन खवासले सबैलाई स्वागत जनाए | राजेश खड्का द्वार संचालित उक्त कार्यक्रममा जनमुक्ति सहायक/ सहयिका संगठनका सभापति डी० बी० थापा अनि सचिव डी० के० छेत्रीले आ- आफ्नो मन्तव्य पोखे भने भू० पू० शिक्षक सी० के० छेत्रीले गाउँ बिकासको निम्ति युवावर्गको सहभागिताको आवश्यकता बारे सान्दर्भिक संभाषण राखे |
एम० बी० देवानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम भू० पू० शिक्षक डब्ल्यु० डी० लेप्चा एम० बी० भुजेल, रबिन लेप्चा आदि उपस्थित रहेका थिए भने शिशु शिक्षा केन्द्रका विधार्थीहरु द्वारा विभिन्न प्रकारका कार्यक्रमहरु प्रस्तुत गरे औ नव कलाकारहरुले पनि उक्त कार्यक्रमलाई धेरै रोचक बनाएका थिए |
तक्दाह - टिस्टाभेली समष्टि भरि कै अभेक ठाउँ लोवर लिंगदिङ बस्तीमा एसएसके उद्घाटन
तक्दाह/२२ नोभेम्बर :- तक्दाह - टिस्टाभेली समष्टि भरि कै अभेक ठाउँ लोवर लिंगदिङ बस्तीमा नवनिर्मित शिशु शिक्षा केन्द्रको विधिवत उद्घाटन सम्बन्धित विभागकी जे० इ० ओ० सुजाता छेत्रीको बाहुलीबाट सम्पन्न भयो | २१ औ शताब्दीमा पनि घण्टौ सम्म पैदल यात्रा गरेर पुगिने ठाउँमा स्थानीय मानिसहरुको शिक्षा प्रतिको चासो देखेर नै भवनको निर्माण गर्न सकिए पनि अन्य ठाउँ हेरी बोकाई खर्च दोब्बर लाग्ने औ ३ लाख ५० हजार लागत खर्च न्याय संगत नभएको महसुस गर्दै प्रमुख अत्तिथिको आशनबाट जे० इ० ओ० सुजाता छेत्रीले भनिन - यहाँबाट मलाइ थाहा भयो अबोप्रांत कुनै पनि स्थानमा भवन निर्माण गरिन्छ भने शाररिक भ्रमण गरेर मात्र बजेट तयारी गरिनु पर्ने रहेछ | जमीन दाता पहलमान गुरुङको निस्वार्थ योगदानको मुल्यांकन गर्दै शिशु शिक्षा केन्द्र सबैको साझा सम्पति हो यसलाई सबैले संरक्षण गरौ भन्ने सुझाउ पेश गरिन |
Post a Comment
We love to hear from you! What's on your mind?