राष्ट्रिय राजमार्ग ३१ ए लाई बाइपास गरे हाइवेबासी सडकमा उत्रिएर आन्दोलन गर्ने
हाइवे/२९नोभेम्बर/केशर मोक्तान :- राष्ट्रिय राजमार्ग ३१ ए हाइवेलाई सिमा सडक संगठनद्वारा चौडादार गर्ने कार्य युद्ध स्तरमा छ भने सिमा सडक संगठनले चाडै नै धेरै ठाउँहरुमा सडकलाई बाइपास गर्ने निर्णय लिएको छ | यसरी नै संगठनले राजमार्गलाई बाइपास गर्ने कार्य पनि शुरु गरिसकेको छ भने २७ माइल जिरो पोइन्टबाट कटिंग शुरु गरेको छ भने उक्त सडक रभी झोडामा पुगी टुंगिने भएको छ | जिरो पोइन्ट देखि रभी झोडासम्म सडक बाइपास गरेर निकाल्दा २७ माइल अनि गेल खोला पूर्णरुपले राजमार्गबाट बन्चित रहने जानकारी पाइएको छ | आज यसै सन्दर्भमा स्थानीय गेल खोला अनि २७ माइलबासीलाई लिएर बालुवाखानी प्राथमिक पाठशालामा हंसराज धिमालको अध्यक्षतामा एवम मोर्चा हाइवे ब्लक कमिटिको नेतृत्वमा एक सभा बस्यो जुन सभामा मोर्चा अनि स्थानीय गाउँलेहरुले यदि राजमार्गलाई बाइपास गरे विराट रुपमा आन्दोलन गर्ने निर्णय लिएको छ | कार्य योजना अनुरुप बाइपास गरिए धेरै गाउँ प्रभावित रहने भएकोले मोर्चा हाइवे ब्लक कमिटिको नेतृत्वमा छ सय जना गाउँलेहरुले कालेबुंग महकुमा कार्यलयमा गएर आमरण अनशन बस्ने सरकार पक्षलाई चेतवानी दिएका छन् | यस विषयलाई केन्द्र गरेर मोर्चा हाइवे ब्लक कमिटिको २१ वटा शाखालाई लिएर आन्दोलन गर्ने चेतवानी पनि मोर्चा हाइवे ब्लक कमिटि अध्यक्ष सागर लामाले दिएका छन् | राजमार्गमा बाइपास हुन लागेको कार्यलाई सरकारले चाडै स्थगित नगरे हाइवेबासी सडकमा उत्रिएर आन्दोलन गर्ने भएको छ | हालमा चलिरहेको ३१ ए राजमार्गलाई यथावत रुपमा राख्ने माग गर्दै स्थानीय हाइवेबासीले मोर्चा अध्यक्षलाई लगायत कालेबुंगका विधायक अनि दार्जीलिंगका सांसदलाई चाडै नै भेट गर्ने अनि राज्यका मुख्य मन्त्री ममता ब्यनार्जी साथै ३१ ए राजमार्ग हाइवे मन्त्रीलाई फ्याक्स गर्ने जानकारी अध्यक्ष लामाले दिएका छन् | सभामा मोर्चा हाइवे कमिटि सचिव सचिन छेत्री , सह सचिव नर्बु तामांग लगायत मोर्चाका अन्य प्रतिनिधिहरु उपस्थित थिए |
29Nov2011
Post a Comment