When Gorkhaland ???

 When Gorkhaland ???
कालेबुंग/डी० के० वाइबा - कहिले दागोपाप,कहिले जीटीए अथवा लिजहोल्ड ल्याण्ड, छैटौ अनुसुची , स्वयक्त शासन , प्रान्त परिषद , माल मटेली, नोमेन्स ल्याण्ड , हेग, गोर्खा आदिवासी प्रदेश, सिक्किम दार्जीलिंग एकीकरण ,विलय लगायत अन्य अनेकौ मुद्दै मुद्दाको भुवरीमा अल्झेको दार्जीलिंग पहाडले कहिले छुट्टै राज्य गोर्खाल्याण्ड पाउने हो आज सम्म कसैलाई थाहा छैन | " बंगाल हाम्रो चिहान हो, चिहानमा गोर्खे बस्दैन " भन्ने नारा अनेकौ पल्ट दार्जीलिंग पहाडमा गुञ्जियो तर आजसम्म पनि त्यो भनिएको " चिहान " बाट गोर्खाहरुले उन्मुक्ति पाउँन सकेको छैन अनि उन्मुक्ति पाउने छाँट समेत देखिएको छैन | टिस्टाको पानी बगे झैं समय पनि अनेकौं बगेर गयो राजनैतिक चालखेल पनि अनेकौ भयो , दलहरु परिवर्तन भए , झण्डा पनि फेरियो मुद्दा पनि फेरियो तर अझै पनि फेरिन सकेको छैन दार्जीलिंगे जनताको भविष्य र भाग्य | छुट्टै राज्य गोर्खाल्याण्डको सपना सजाउनेहरु अनेकौं मरेर गए , नयाँ पिडीले पनि आन्दोलन लड्यो त्यही छुट्टै गोर्खाल्याण्डको सपना सजाएर तर प्रत्येक पल्ट सरकारले रचेको कुटनैतिक चालमा गोर्खाहरु फस्ने क्रम अध्यावदी जारी नै रहेको छ अनि यस्तो कुटनैतिक चालबाट कहिले फुत्किन सक्ने हो त्यो भविष्यले मात्र बताउला |

वास्तवमा छुट्टै राज्य गोर्खाल्याण्ड गठन नहुनुको मूल कारण के छ ? यो नै गम्भीर प्रश्न बनेर हिज देखि आजको पिडी समेतलाई झक झकाई रहेको छ | जसको उतर न त राजनैतिक नेताहरुसित छ , न त राजनैतिक सचेतकहरुसित नै अनि न त गोर्खाल्याण्डको चाहना राख्ने साधारण जनतासित नै यसको उतर रहेको छ | यो उतर विहिन प्रश्नले नै अहिले सबैलाई सताईरहेको छ अनि कहिले सम्म सताउने हुन् भन्ने पनि अनिश्चित नै बनेको छ | दार्जीलिंग पहाडमा अनेकौ नेताहरु जन्मिए समय चक्रमा ती जन्मेका नेताहरुलाई जनताले पनि साथ र सहयोग गरे तर आजसम्म समस्या भने " बेताल त फेरि रुख मै थियो " भने झैँ भइ नै रहेको छ | कहिले फलना नेता र ढिस्का नेताहरुको कारण गोर्खाहरुले गोर्खाल्याण्ड पाएन भन्दै राजनैतिक भाषणवाजी हुन्छ त कहिले गोर्खाल्याण्ड प्राप्ति गर्ने पहिलो चौतारीमा २१ वर्ष आराम गर्दा नै गल्ति हुन्छ | यस्ता गल्तिहरु हुनमा कसको " महागल्ति " छ भन्ने पनि कसैलाई थाहा छैन | भारतमा छुट्टै राज्य माग्ने अधिकार सम्पूर्ण देशबासीलाई देशको संविधानले दिएको छ | संविधान भन्दा ठुलो देशमा केही पनि छैनन् तर पनि राज्य गठन हुनलाई गत्तिलो महाशक्तिले रोकेको छ | त्यो अदृश्य महाशक्ति नै देशलाई संचालन गर्ने जनताले चुनेर संसदसम्म पठाएका असली अनुहारहरु हुन्  भन्ने अदृश्य शक्ति पद्ने सचेतहरु बताउँछन् | 

When Gorkhaland ???कहिले दागोपाप,कहिले जीटीए अथवा लिजहोल्ड ल्याण्ड, छैटौ अनुसुची , स्वयक्त शासन , प्रान्त परिषद , माल मटेली, नोमेन्स ल्याण्ड , हेग, गोर्खा आदिवासी प्रदेश, सिक्किम दार्जीलिंग एकीकरण ,विलय लगायत अन्य अनेकौ मुद्दै मुद्दाको भुवरीमा अल्झेको दार्जीलिंग पहाडले कहिले छुट्टै राज्य गोर्खाल्याण्ड पाउने हो

Read latest post filed under political reviews

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.