दार्जीलिंग -सिक्किममा भइरहेको प्राकृतिक प्रकोपहरुका कारण अनि यसको रोकथाम बारे कार्यक्रम

डी० के० वाइबा - दार्जीलिंग - सिक्किम हिमालय क्षेत्रहरुमा भइरहेको प्राकृतिक प्रकोपहरु अनि विविध संकट विषयमा भएको कार्यशालामा आज विशेषज्ञहरुले प्राकृतिक आपदा हुँदा आईपर्ने संकट र यससित जुझ्न अपनाउनु पर्ने सतर्कता बारे बार्ताहरु पेश गरे | कालेबुंग कृषक काल्यान संगठन अनि कालेबुंग प्रेस क्लबको आयोजनामा स्थानीय रामकृष्ण रंगमन्चमा आयोजित कार्यक्रममा स्रोत व्यक्तिका रुपमा सेभ द हिल्सका प्रफुल्ल राव , गायत्री खरेल,प्रिया श्रेष्ट , रोशन राइ , माले मुकुल, जी० एन० राहा उपस्थित रहेका थिए | शिक्षाविद पी० आर० प्रधानले अध्यक्षता गरेको कार्यक्रममा महकुमा अधिकारी एल० एन० शेर्पा मुख्य अतिथिका रुपमा उपस्थित रहेका थिए | कार्यक्रममा उपस्थित रहेका श्रोत व्यक्तिहरुले विभिन्न विषयहरुमा आ- आफ्नो वार्ता पेश गरे भने प्राकृतिक प्रकोपहरू रोक्न नसकेतापनि यसबाट हुने नोक्सान भने के कसरी कम गर्न सकिन्छ भन्ने विषय बिशेषज्ञहरुले बताए | 
कार्यक्रमलाई सम्बोधन गर्दै सेभ द हिल्सका प्रफुल्ल रावले पहाडमा पहिरोबाट हुने नोक्सान बारे अवगात गराउँदै यसलाई रोकथाम गर्न कसरी सकिन्छ भन्ने बारेमा पनि अवगात गराए | पहाडमा प्रति वर्ष पहिरोको चपेटमा परेर ज्यानको समेत नोक्सान हुने बताउँदै प्रत्येक समाजका नागरिकहरुले पहिरोको रोकथाम बारे पहल गर्नु पर्ने पनि अव्गात गराए | अहिले दार्जीलिंग पहाडमा पहिरोको कारणहरु हेर्दै जाँदा पप्राकृतिक नभएर मानव निर्मित धेर भएको पनि रावले जनाए | मानिसहरु आफ्नो सुविधालाई मध्य नजर राखेर मात्र कार्य गरिरहेको कारण पनि यस्ता खतराहरु सृजना हुने गरेको तिनले बताए | मानिसहरु विभिन्न प्रकारका प्लास्टिकहरुको प्रयोग गरेर यसलाई व्यवस्थित तरिकाले नाफ्याकेर नाला र झोडाहरुमा फ्याक्दा अनि विल्डिंगहरु जथाभावी निर्माण गर्दा समेत पहिरो गएर मानिसहरुको ज्यान समेत गैरहेको पनि तिनले बताए | प्रतिवर्ष पहाडमा पहिरोको क्रम दोहोरिएको बताउँदै अझै पनि मानिसहरुको चेतना जाग्न नसकेको पनि रावले जनाए | प्राकृतिक प्रकोप पहिरो निश्चित रुपले जाने भएपनि यसबाट बाच्न र यसलाई रोकथाम गर्न मानिसहरुले सही समयमा पहल गर्नु पर्ने बताए | यसै क्रममा अर्का स्रोत व्यक्तिका रुपमा उपस्थित रहेको गायत्री खरेलले पहाडमा अधिकतर रुपमा बिना इन्जिनियर बनाइएका बहुतले भवनहरुको कारण पनि प्राकृतिक प्रकोपहरु पहिरो - भुइँचालो आउँदा खतरा हुने बताए | तिनले पहाडमा बनिने बहुतले भवनहरु इन्जिनियरको देखरेखमा निर्माण गर्न सके प्राकृतिक प्रकोपबाट मानिसहरुको ज्यान बाच्ने सम्भावना धेर हुने पनि जनाए | प्राकृतिक प्रकोप भुइँचालो कहिले र कतिबेला आउँछ कसैले पनि भन्न नसक्ने बताउँदै यस्ता प्रकोपहरू आउँदा कसरि मानिसहरु धेर बाच्न सक्छ भन्ने सतर्कता अपनाउन भने आवश्यक रहेको थप जानकारी गराए | तिनले भुइँचालो आउँदा कस्तो घरहरु मानिसहरुका निम्ति बस्न योग्य हुन सक्ने बताउँदै यस्ता कुराहरुमा पहाडमा धेर मानिसहरु अचेत नै रहेको पनि तिनले जनाए | यसै क्रममा अर्को स्रोत व्यक्ति रोशन राइले " वेस्ट म्यानेजमेन्ट " विषयमा आफ्नो वार्ता राखे | तिनले पनि पहाडमा हुने प्राकृतिक घटनाहरुमा पहाडकै मानिसहरु दायित्वहिन भएको बताउँदै प्रत्येक नागरिकले समाजमा आफ्नो दायित्व बहन गर्नु पर्ने बताए | तिनले पहाडमा सालीड वेस्ट म्यानेजमेन्ट सही रुपमा नभएको बताउँदै प्रत्येक घर - घरबाट निस्कने मैलाहरुलाई सही व्यवस्थापन नगर्दा नै नाला र झोडाहरु बन्द भई विभिन्न घटनाहरु हुने गरेको बताए | प्रत्येक घरबाट उत्पन्न हुने मैलाहरुलाई छानेर कुहुने मैलालाई कम्पोस मल निर्माण गर्न सकिने अनि त्यसबाट मैलाको उत्पादनमा कम हुने र आय श्रोत तथा रोजगारीको अवसर पनि निक्लन सक्ने बताए | भारत सरकारको नियम अनुरुप मैलालाई कसैले पनि जथाभावी फ्याक्न नहुने पनि बताए | आज झोडाहरुमा पानी व्यवस्थित रुपले बग्न नसक्नुको कारण नै जथाभावी पहिरो गएर समस्याहरु उत्पन्न भएको राईले जनाए | अर्कोतिर कार्यक्रममलाई सम्बोधन गर्दै अर्का श्रोत व्यक्ति माले मुकुलले गत १८ सितम्बरमा गएको भुइँचालो सिक्किममा निर्मानाधीन जल परियोजनाको कारणले होइन भन्ने दाबी गरे | तिनले भुइँचालोले होइन तर बहुतले भवनहरुले मानिसहरुको धेर ज्यान गएको बताउँदै यस्ता भवनहरु निर्माण गर्दा बैज्ञानिकको सहयोग लिनु आवश्यक रहेको बताए | यसै क्रममा स्रोत व्यक्ति जी० एन० राहले प्राकृतिक आपदाहरु बारेमा अवगात गराए | यस अवसरमा कार्यक्रमका मुख्य अतिथि महकुमा अधिकारी एल० एन० शेर्पाले मानिसहरुले ड्रेनेज सिस्टम राम्रो नभएको घरहरु निर्माण गरेको कारण पनि समस्याहरु सृजना हुने बताए | तिनले नगरपालिका क्षेत्रमा झोडा नजिक घर बनाउदा कसैलाई अनुमति नदिने गरेको भएपनि जब्बरजस्ती भवनहरु निर्माण गर्दा नै खतरा उत्पन्न हुने  गरेको जनाए | पहिले मानिसहरु जथाभावी नियम तोडेर घर बनाएपछि जब समस्या हुन्छ वा प्राकृतिक प्रकोपको कारण घर भत्कनछ तब प्रशासनलाई नै उल्टो दोष दिने गरेको पनि जनाए | महकुमा अधिकारी शेर्पाले यो मानिसहरुको संकुचित बिचारधाराको कारण हो भन्दै आफ्नो स्वार्थ मात्र नहेरेर प्रशासनलाई पनि सहयोग गर्नु पर्ने आह्वान गरे | मैला एउटा निकै ठुलो समस्या रहेको बताउँदै यसलाई समाधान गर्न प्रत्येक नागरिकको पनि कर्तब्य रहेको बताए | कार्यक्रमलाई कृषक कल्याण संगठनका सचिव विष्णु छेत्रीले स्वागत भाषण राखे भने प्रेस क्लबका सचिव ए० के० राईले धन्यबाद ज्ञापन दिए |
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.