Sai Nilayam Mungpoo Celebrates 86th Birthday of Sai Baba

मंग्पू  रेशेप विभाग अन्तर्गत साई निलयम मन्दिर भवनमा श्री सत्य साई बाबाको ८६ औ दिब्य जन्मोत्सव कार्यक्रम सधै जस्तो ३ पल्ट प्रणव मन्त्र र स्वामीमा माल्यार्पणसित शुरु भयो | प्रथम चरणमा मंग्पू  साई समितिका महिला विभागले वेद मन्त्र पाठ गरेर त्री गायत्री पनि पाठ गरे | स्वागत सम्भाषणमा श्री सत्य साई सेवा संगठन मंग्पू  क्षेत्र- दायित्ववाहक मोहन ठकुरीले श्री सत्य साई बाबाका अवतारबारे बोल्नुहुँदै उहाँको सर्वव्यापकता बारे चर्चा गरे अनि यस प्रसंगमा एक विदेशी महिला भक्त डायना बासकिनलाई स्वामीले महा समाधिको केही दिन अघि " म कतै गैरहेको छैन " भनेको कुरा पनि उल्लेख गरे | जन्मोत्सव कार्यक्रममा मंग्पू विभाग, लाब्दा विभाग, रम्बी र लाब्दा बस्ति समितिका विभिन्न भजन मण्डली र एकाइका भक्तहरुले भजन , जन्मदिनको गीत, देश भक्ति गीत, भूमिका अभिनय , नृत्य र लघु नाटकहरु खुबै असल ढंगमा प्रस्तुत गरे | वास्तवमा जन्मोत्सवको कार्यक्रम विगत १९ नोभेम्बरमा भएको महिना दिन देखि नै शुरु भएको थियो |  २० नोभेम्बरमा भएको समितिले साधना शिवीर पनि आयोजना गरेको थियो भने समारोहमा मंग्पूका गायक बेनु बोम्जनले पनि भजन प्रस्तुत गरेका थिए | आजको बाबाको जन्म जयन्तीको संचालन  मोहन ठकुरी, पप्पु पाण्डे अनि प्रदीप राईले गरेका थिए | समारोहको अन्तमा पन्च भजन प्रस्तुत गरेपछि भगवानमा आरती अर्पण गरियो अनि प्रसाद विभूति वितरण संगै समारोहको समापन गरियो |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.