Inauguration of Rambi Primary Health Centre (Hospital)

रम्बी खण्ड प्राथमिक स्वास्थ्य केन्द्रको उद्घाटन विधायक हर्क बहादुर छेत्रीको बाहुलीबाट सम्पन्न भयो | प्राय: चार करोड लागतमा बनिएको उक्त स्वास्थ्य केन्द्रमा आधुनिक सुविधाहरु उपलब्द छ भने महिला अनि पुरुष गरेर जम्मा ३० वटा पलंग (bed)हरु रहेको छ | केही मशिनहरु चाडै आउने जानकारी रहेको छ | उद्घाटन भएपश्चात अब भोलि देखि नै यो केन्द्रलाई सुचारु रुपमा संचालन गराउने बी० एम० एच० ओ० ले बताएको छ |हाइवे ब्लक र हाइवे शाखाको पनि यही टेक रहेको छ |  सम्बोधनको क्रममा विधायक छेत्रीले सरकारी स्वास्थ्य केन्द्र भएतापनि आफ्नै सम्पति जस्तो गरेर हेरचाह गर्नु पर्ने बताए | हाइवे शाखा अनि रम्बी वरिपरीको निम्ति यो केन्द्र ठुलो उपलब्दी रहेको र यसको सही उपभोग हुन पर्ने जानकारी गराएको छ | कालेबुन्ग्मा पनि यस्तो सुविधा उपलब्ध भएको छैन जो रम्बीले पाए भनी खुशी समेत व्यक्त गरे | विधायकको हैसियतमा आफ्नो तर्फबाट गर्नु पर्ने पूर्ण सहयोग पुराउने घोषणा पनि गरेका छन् विधायक छेत्रीले | गोजमुमो पार्टी हाइवे ब्लक कमिटिका संयोजक सागर लामाले उक्त केन्द्रलाई सम्पूर्ण हाइवेका जनताले संरक्षण गर्नु पर्ने एउटा जिम्मेवारी आएको बताएको छ | केन्द्रलाई फोहर मुक्त गराउन र सफा राख्नलाई प्रत्येक बिरामीबाट ५ रुपियाँ गरेर उठाउने र यो पैसाबाट मैला फ्याक्ने ढ्वांग र अन्य सफाई गर्ने सर- समानहरु किन्ने सुझाउ राखे | पार्टी पक्षले यो केन्द्रलाई हाइवेको परिचय बनाउने र केन्द्रलाई अनुशाशित ढंगमा संचालन गर्ने बताए | संयोजक लामाले केन्द्रलाई पार्टीबाट दिन पर्ने सहयोग साथै व्यक्तिगत योगदान दिन सधै तत्पर रहेको र रहने साथै केन्द्रको सुन्दरीकरणलाई पनि बिशेष ध्यान दिने कुरोमा जोड दिए | केन्द्रमा बिसेष मद मदिरा पिएर आउनेहरुलाई कडा कारवाही गर्ने बताए | ए० सी० एम० ओ० ले बिशेष भारत सरकार द्वारा दिएको मात्री सेवालाई बिस्तार गर्न पर्ने बताए अनि प्रत्येक महिलाहरुले शिशुलाई स्वास्थ्य केन्द्रमा जन्म दिन पर्ने सुझाउ राखे  | मुख्य अतिथि बी० आर० प्रधानले यस्तो केन्द्रहरु स्थापित हुनु नै बिकाश हो भने | पार्टी पक्ष नै केन्द्रको तर्फबाट आफ्नो विभिन्न समश्याहरु लिएर विधायकलाई मेमोरेन्डम चडाए | उक्त उद्घाटन कार्यक्रम पार्टी हाइवे ब्लक कमिटि र रम्बी शाखाको तत्वधानमा सम्पन्न भएको थियो भने कार्यक्रममा विभिन्न नृत्यहरु प्रस्तुत गरे भने सभापतिको भार गोपाल प्रधानले गरेका थिए |
Read latest post filed under regional news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.