Rungbee Jnanpith High School mungpoo observed National Education Day

मंग्पू /१३ नोबेम्बर: शुक्रबार ११ नोबेम्बरको दिन स्थानीय रंग्बी ज्ञानपीठ उच्च विधालयमा भव्यताको साथ राष्ट्रिय शिक्षा दिवस पालन गरियो | खेलकूद विभाग प्रभारी दिलिप गुरुङ,बसन्तमणी राई तथा अजय स्याँगबो द्वारा संचालित यस कार्यक्रममा विधालय संचालन समिति भी० इ० सी० एम० टी० ए० तथा अभिभावकवर्गको उपस्थिती रहेको थियो भने कार्यक्रमको अध्यक्षता प्रधान अध्यापक श्रीमान बी० के० गुरुङले गरेका थिए | आजको दिन भारतको प्रथम शिक्षा मन्त्री मौलाना अब्दुल कलाम आजादको जन्म जयन्ती रहेकोले सर्वप्रथम विधालय परिसर सर- सफाई गरेपछि राष्ट्रिय शिक्षा दिवस एवम बाल अधिकार बारे विभिन्न प्ले कार्ड लिएर पदयात्रा सम्पन्न गरियो | त्यसपछि शिक्षक दिलिप गुरुङ द्वारा आजको दिनको महत्व एवम बाल अधिकार माथि बक्तब्य पेश गरे | साथै विधालयको अन्तर दलीय बार्षिक खेलकूद समारोह पनि सम्पन्न भयो | खेलकूद अन्तर्गत विभिन्न खेलहरु संगै बिशेष आकर्षण म्यरथान दौड ठुलो केटाहरु/केटीहरु अनि मसिना केटाहरुमा सम्पन्न गरियो | जस अन्तर्गत सैलेस ठकुरी ठुला केटाहरुमा, सुस्मिता राई ठुला केटिहरुमा अनि गगन राई साना केटाहरुमा प्रथम भए  भने ३३ अंक लिएर रातो दल प्रथम ३२ अंकमा पहेलो दल दोश्रो अनि २७ अंकमा निलो दल तेश्रो स्थानमा रहेका थिए | अन्तमा ती  विजयी दल एवम प्रतियोगीहरुलाई प्रधान अध्यापक द्वारा बधाई दिदै मिठाई वितरण गरियो साथै वार्षिक कार्यक्रममा पुरस्कार दिईने घोषणा संगै मंग्पू  लाठ पन्चर समस्तिका संयोजक रतन थापाको माता स्वर्गबास भएकोमा शोक प्रकट गर्दै उहाँको आत्माले शान्ति पाउँन भनी २ मिनटको मौन प्रार्थना गरी कार्यक्रम समाप्त गरियो |

Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.