डी के वाइबा: कालेबुङ ३० नोभेम्बर ;
उच्च शिक्षा हासिल गर्ने चाहना पनि काहिले काहीँ आफैको निम्ति घातक बान्दो रहेछ भनेर कस्ले सोच्छन् होला र ? तर यसै चाहानाले एउटी नारीले आफनो झनै सर्वस्व गुमाउनु परेको घटना प्रकाशमा आएको छ। घट्ना हो १३ नोभेम्बरको अनि घटनाका पिढीत हुन् जस्लाई मिडीयाले नाम दिएका छौँ ‘द्रोपदी’ भनेर। द्रोपदी काल्पनिका नाम भए पनि घटना यथार्थ हो अनि उक्त युवतीलाई कालेबुङबाट दिल्ली सम्म पुर्याउने ब्यक्ति चहीँ सिलगडी निवासी राजा चौधरी हुन्। राजा चौदरीले दुर्गमा क्षेत्रहरुमा गएर आफ्नो परिचय ओपन स्कुलका शिक्षक अनि सामाजिका कार्य कर्ताका रुपमा दिदै हाम्रा समाजका नारीहरुलाई तस्करी गर्ने कार्य गरेको खुलासा यसै घट्ना काण्डले गरेको छ। कालेबुङ महकुमा क्षेत्रको दुर्गमा ठाउँका बासिन्दा हुन् द्रोपदी । उक्त स्थानमा गएर राजा चौदरी नाम भएको उक्त व्यक्तिले गाउँमा स्कूला स्थापना गरेर मानिसहरुको पहिला विश्वास जित्ने कर्य गरेका थिए। स्कुलमा सोहि गाउँका मानिसहरुलाई रोजगार पनि तिनले दिए पछि गाउँका सोझा मानिसहरुले पोनि तिनी माथि विश्वास गर्न थालेका थिए अनि त्यही बिश्वास जिते पछि तिनले गाउँले छोरी द्रोपदिलाई सिलगढी बोलाएर पत्तै नपाई दिल्ली पुर्याए। द्रोपदीलाई बाह्रौं कक्षाको परिक्षा तथा कागज पत्र बनाउँन सिलगढी बोलाइएको थियो तर सिलगढीमा पुगे पछि खाना खुवाएर “कोल्ड ड्रीङ्क्” पिलाएर सुटुक्कै पराएको स्वय बाघको मुखबाट फुत्केर आएका द्रोपदीले पत्रकारहरुलाई बाताईन्। सिलगडी पुगेपछि पहिले त तिनलाई आवश्यक कागज पत्र बनाउँना गुहाटी जानपरने कुरा सुनाईयो अनि फछि गुवाहटी नलगेर सिधै दिल्ली पुराइएको पनि पिढीतले बताईन। तिनी दिल्ली त पुगिन तर दिल्ली त पुगिन तर दिल्ली कसरी पुगे भन्नै कुनै होस हवस नै नभएको पनि बताउँछिन्। ट्रेनमा चढेको आफुलाई थाहा भए पनि ट्रेन कहाँ गईरहेछ भन्ने कुराको पनि जानकारी थिएन तिनलाई अनि राजा चौदरी नामक व्यक्तिले पनि कुनै नबताएको पनि तिनले बताईन्। बिशेष सिलगढीमा “कोल्ड ड्रीङ्क्” खुवाए पछि नै तिनको आचरणमा अचनाक परिवर्तन आएको अनि जे भन्यो र जता हिंढ भन्यो त्यतै जाने मन बनाएको पनि द्रोपदीले बिक्री हुनबाट भाग्यले बाँचेर कालेबुङ आएपछि जनाईन। गुहाटीको कुरा गरेर जब तिनी १५ नोभेम्बरको दिन आफुलाई दिल्लीमा पाईन् तब तिन छक्क परेको तिनले बताइन्। तै पनि आफ्ना सरले राम्रै कुराको निम्ति ल्याएको भन्नेकुरा ढुक्क बसिरहेकै समयमा राजा चौधरीका दिल्लीमा रहेको स्वास्नी संग झगढा शुरु भए पछि त्यसै घरमा रहेकी एक युवतीले तिनलाई दिल्ली किन आएको भनेर सोधेर अनि सोही समयमा नै उक्त युवतीले तिनलाई राजा चौदरीको असलियत बारेमा सुईको दिएपछि आफ्नु होस आएको पनि जनाईन। दिल्लीको एउटा घरमा त्यहाँ रहेकी तिनकै पत्नि र अपरिचित युवतीले रातको समयमा सबै कुराको जानकारी दिए पछि राती नै भाग्ने सल्लाह समेत दिएको बताउँदै तिनीहरुकै सहयोगले आफु बाच्न सकेको पनि बताईन। तिनले सोही युवती र राजा चौधरीका पत्नि कहलाएकाहरुलाई यदि आफुलाई बचाउँन सहयोग गरने चाहना छ भने मेरो घरमा फोन गरिदिनु भनेर फोन नम्बर दिएको जानकारी दिंदै तिनीहरुले फोन गरिदिएकै कारण आफुले बाँचेर घर फर्कने मौका पाएको पनि बताइन् । दिल्लीमा आफु बेचिन लागेको सुँईको पाएपछि तिनले उक्त बयक्तिलाई आफूलाई घर फर्काएर लैजा भन्ने जब्बर जस्ती गरे पछि उक्त व्यक्तिले पनि तिनलाई न्यू दिल्ली रेल्वे स्टेसनमा लगेर गएको अनि सोही समयमा ती राजा चौधरीका स्वास्नी कहलाईने अनि अपरिचित युवतीले सहयोग गर्दा स्टेसनमा नै उकत व्यक्तिलाई पुलीसले पक्राउ गरेर आफु बाँचेको जनाईन। आफु बाँचेर कालेबुङ आएपछि तिनले राजा चौधरीलाई पुलिसले छोड्न नहुने बताउँदै तिनको सिलगढीमा नारी बेच बिखनको ठुलो संजाल रहेको आशंका व्यक्त गर्दै यसमा स्थानिय मानिसहरुको पनि सक्रिय भूमिका हुनसक्ने बताईन् । तिनले कुनै पनि वयक्तिलाई केटीहरुले सोझै विश्वास गर्नु नहुने बताउँदै आफुले भोगेको कारण पहिले मान्छेको सबैकुरा भुझ्न आवश्यक रहेको पनि जनाईन्।
नारी बेचबिखनको घट्ना दिनो दिन प्रकाशमा आईरहेको भए पनि अझ सम्म चेत नखोल्नुमा समाजका अभिभावक बर्गको पनि त्यतिकै दोष रहेको द्रोपदीलाई दिल्लीबाट कालेबुङ सम्म ल्याएर आएका राजु नेपालीले बताए। नानीहरुमा अनेकौं बोझ थपेको कारण पनि ती नानीहरु अभिभावको डरबाट बाँच्ने बहना खोजिरहेकै समयमा यस्ता मानव तस्कर गर्ने राजा चौधरी जस्ता मानिसहरुको हातमा पर्ने गरेको पनि तिनले बताए। यसका साथै हाम्रा चेलीहरुले उच्च आकांक्षा राखेको कारण पनि कतिपय परिस्थितिमा यस्ता दुष्टहरुको हात परेको पनि तिनले बताए। वास्तामा यस्ता मानव तसकर गर्ने हरुलाई किन रोक्न सकिन्दैन ? चेलीहरु बिक्रिहुनमा दोष कस्को रहेको छ ? किन दोषीहरु पक्रा पर्न सक्दैनन् ? अनि अझै कति द्रोपदीहरु हाम्रा समाजमा लुटिन पर्नेहुन ? यस्ता अनेकौं प्रश्नहरुले अहिले सबैलाई झक झकाईरहेको छ ।
Post a Comment
We love to hear from you! What's on your mind?