एक हप्ता भित्र सिन्कोना पूर्व निर्देशक डा० जी० सी० सुब्बाको कार्यकाल बडोत्तरी गरिने

मंग्पू/ केशर मोक्तान - दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियनको भगीरथ प्रयाशमा सिन्कोना बगानको पुर्व निर्देशक डा० ज्ञानचन्द्र सुब्बालाई एक हप्ता भित्र सिन्कोना बगान निर्देशकको पदमा पुन: नियुक्ति गरिने साथै उनको कार्यकाल अवधि बद्दोतरी गरिने जानकारी युनियन पक्षले दिएका छन् | कोलकाताबाट आज फर्की आएका दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन सिन्कोना जोन केन्द्रिय समिति सचिव गगन राईले बताएअनुसार युनियनको सत्प्रयाशमा सिन्कोना बगानमा स्थायी निर्देशक डा० जी० सी० सुब्बाको कार्यकाल अवधि एक हप्ता भित्र सरकारले बद्दोत्तरी गर्नेछ | सिन्कोना   बगानमा स्थायी निर्देशकको माग गर्दै युनियनले श्रमिक , कर्मचारीवर्गको साथमा आन्दोलन शुरु गरेको छ भने सरकार द्वारा चाडै नै पूर्व निर्देशक डा० सुब्बाको कार्यकाल अवधि बद्दोतरी गरिने खबरले सम्पूर्ण सिन्कोनाबासी श्रमिक कर्मचारीवर्गमा हर्षको लहर छाएको छ | आज स्थानीय पी० डब्ल्यु० डी० बंगलोमा दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन सिन्कोना जोन केन्द्रिय समिति अध्यक्ष गोपाल रुचालको अध्यक्षतामा सिन्कोनाको चौधवटा विभागका युनियन प्रतिनिधिलाई लिएर एक सभा बस्यो | सभामा युनियनले लिएको निर्णय अनुसार चाडै नै सिन्कोना बगानको समस्यालाई लिएर दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन सिन्कोना जोनले मोर्चा अध्यक्ष बिमाल गुरुङलाइ भेट गर्ने भएको छ | यस्तै गरि युनियनले चाडै नै सिटोंग सिन्कोना बगानमा एक बिराट जनसभा गर्ने पनि युनियन सचिव राई जनाएको छ | निर्देशक कार्यलय अधिनस्थ समस्त कर्मचारीवर्गको शीतकालीन भत्ता पनि सम्पूर्ण बगानको मजदुरवर्गको मासिक वेतन आगमी १० दिसम्बर भित्र पाउने जानकारी युनियन सचिवले दिएका छन् |
स्मरण रहोस - गत दुइ वर्ष अघि सिन्कोना बगानमा पदोनती विषयलाइ लिएर पूर्व निर्देशक सुब्बा माथि सिटोंग सिन्कोना बगानका तीन श्रमिक मजदुर  निमा तामांग अनि अन्य दुई साथीहरुले कोलकाता अदालत माथि मुद्दा दर्ता गरेका थिए भने निर्देशक डा० सुब्बा माथि मुद्दा दर्ता गरिएको कारण सिन्कोना बगानमा दुई वर्ष देखि पद्दोनती ठप्प रहेको थियो अदालतले अन्तिम निर्णय दिदै ३० नोभेम्बरको दिन उक्त मुद्दा सधैको निम्ति छिनाफाना भएको घोषणा गरिएको युनियन सचिवले जानकारी दिएका छन् | आजको सभामा मंग्पू जोन मोर्चा सचिव रतन लामा, मोर्चा मन्सोंग जोन सभापति एन० एस० गुरुङ केन्द्रिय समिति सिन्कोना जोन युनियन उप सभापति सन्तोस खवास, उप सचिव कैलाश शर्मा लगायत चौदह वटा सिन्कोना विभागका शाखा स्तरीय दार्जीलिंग तराई डुवर्स प्लान्टेशन लेबर युनियन प्रतिनिधिवर्गहरुको पनि बिशेष उपस्थिति रहेको थियो |
Read latest post filed under mungpoo news

Post a Comment

We love to hear from you! What's on your mind?

[blogger][facebook]

Contact Form

Name

Email *

Message *

Powered by Blogger.