थ्रीजी इन्टरनेटको युगमा पनि काठको कुर्सीमा रोगी बोक्न बाध्य
मंग्पू/केशर मोक्तान : वर्तमान कम्प्युटरको युगमा पनि कतिपय गाउँ बस्ती, शहरमा मानिससंग प्राथमिक जीवन यापन असुविधाहरु अभिश्राप बन्दै विभिन्न रुपमा समस्या ग्रस्त छन् | यस युगमा पनि दश किलोमिटर टाडोबाट काठको कुर्सीमा रोगी बोक्न बाध्य छन् | एउटै सरकार एउटै सरकारको साढे तीन दशकसम्म पश्चिम बङ्गालको शासन प्रणालीमा दार्जीलिंग जिल्ला भित्रै पानी, सडक तथा बिजुलीको समस्या त यथावतै छन् | एउटै राज्यको समतल क्षेत्रमा बिकासको मूल फुटेर गएको छ भने दार्जीलिंग पहाडी क्षेत्रमा सम्पूर्ण सरकारी योजना बिलम्बको कारण प्राथमिक आवश्यकताहरुबाट बन्चित छन् | यस्तै दुख:दायी स्थिति मंग्पू लाब्दा बस्तीको बोरदांग गाउँकको अवस्था छ | गाउँमा ठुला - ठुला खोल्साहरु छन् तर पक्का पूलको व्यवस्था छैन न सडक छ भन्छिन् बिरामी लिएर मंग्पूमा आइपुगेकी आकृति शेर्पा | बोरदांग बस्ती लाब्दा बस्तीको फेदी गाउँ हो | गाउँमा सुव्यवस्थित सडक, पनि रोडहरु नभएको कारण ३३ वर्षीय सुनिता मंगर ( गीरी ) विरामीलाई कुर्सीमा दश किलोमिटर टाडो दुर्गम गाउँ बोर्दांग बस्तीबाट साठी वर्षीय पावल छेत्री तथा साथीहरु गोपाल राई, शुक्र गुरुङ, नमु शेर्पा तथा राजेन राईले पालो पालो गरेर बोकेर मंग्पूमा बिहान ९.३० बजे ल्याईपुराएका थिए | उक्त बस्तीमा पक्का पूल नभएकोले खोल्सामा बाँसको पूलबाट यातायत गर्न बाध्य छन् बस्तिबासी | बल्ल बल्ल मंग्पू ल्याई पुराएको बिरामीले मंग्पू अस्पतालमा डाक्टर नभएको कारण निजी रुपमा उपचार गर्न बाध्य बनेका थिए | सम्पूर्ण मंग्पूको मंग्पू बिभाग, रेषेप बिभाग, रंग्बी विभाग, लाब्दा विभाग , रेषेप बजार, बोरदंगबासी , लाब्दा बस्ती तथा अन्य गाउँबासी यस अस्पतालमा निर्भर छन् | तर अभाग्यबश मंग्पू अस्पतालमा तीन चार महिना देखि डाक्टर अनुपस्थित छन् | राज्यका मुख्य मन्त्री ममता ब्यनार्जी अधिनस्थमा रहेको स्वास्थ्य विभाग रहेतापनि दार्जीलिंग पहाडी अस्पतालहरुको पूर्ण नवनिकारण भएको छैन भने मंग्पू सरकारी अस्पतालमा आजसम्म पनि तीन महिना देखि डाक्टर छैन भने अंग्रेजकालिन अस्पतालको आजसम्म पनि पुरानै ढाँचा छ | यस अस्पतालको डाक्टर उपस्थित हुन पर्ने नितान्त आवश्यक छ भने मंग्पूको बीस हजार भन्दा ज्यादा जनता भएको मंग्पू अस्पतालको आधुनिकरण गर्न पनि जरुरी देखिन्छ |
22Dec2011
Post a Comment